मङ्सिरमा आउने भयो आर्यन र मिरुनाको ‘च च हुई’ !

२०७६ साउन ५ आइतवार

काठमाडौँ , ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘च च हुई’ को वितरणको जिम्मा एफडी कम्पनीले लिने भएको छ।  ठुला ठुला ब्यानरमा निर्माण भएको चलचित्रको वितरण गर्दै आइरहेको चलचित्र वितरण कम्पनी एफडीले आर्यन सिग्देल र मिरुना मगरको मुख्य अभिनय रहेको चलचित्र ‘च च हुई’ को पनि वितरणको जिम्मा लिएको हो ।

मङ्सिर ६ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको चलचित्र ‘च च हुई’ लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् भने सिजन दाहाल र सन्देश अर्यालले चलचित्रको कथा लेखेका हुन्। चलचित्रमा राजनराज सिवाकोटी र रोसन थापाको संगीत साथै सुसन प्रजापतिको छायांकन रहेको छ।

चलचित्र ‘च च हुई’ मा आर्यन  सिग्देल र  मिरुना मगरका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ।

 

 

 

 

प्रकाशित : आइतबार, साउन ०५, २०७६०८:४२

अजय देवगनको बचपनको भूमिका निभाउथे यी बालक, अहिले बने बलिउडका ठूला स्टार !