कस्ताबाट कस्ता भए मुकेश अंबानीका परिवार, हेर्नुहोस पहिले र अहिलेका केहि परिवर्तित तस्बिरहरु !

रिलायन्स इंडस्ट्रीजका संस्थापक मुकेश अंबानी बिजनेसका अलावा फिटनेसको मामलामा पनि अगाडी रहेका छन्। मुकेश मात्र नभई उनका पुरा परिवारले शरीरको अनावश्यक मोटोपन हटाई आफुलाई फिट राख्नमा हरप्रयास गरेका छन। हेर्नुहोस मुकेश अंबानी सहित उनका परिवारका केहि परिवर्तित तस्बिरहरु

मुकेश अंबानी यस तस्बिरमा पनि उतिकै शालीन देखिन्छन जुन अहिले देखिन्छन। तस्बिर हेर्दा थाहा हुन्छ उनले आफुलाई मेन्टेन गर्नका लागि आफ्नो शरीरको वजन घटाएका छन र आफ्नो पर्सनालिटीमा केहि परिवर्तन ल्याएका छन।

यी हुन् निता अंबानी मुकेश अंबानीकी श्रीमतीउनले पनि आफुलाई फिट राख्नका लागि आफ्नो वजन घटाएकी छिन। निता आजभोली आफ्नो स्टाइल स्टेटमेन्टका कारण ठुला ठुला रेड कार्पेटमा बेस्ट ड्रेस्ड सेलेब्सको लिस्टमा पर्छिन।

मुकेश अंबानी र नीता अंबानीले जस्तै उनीहरुका जुम्ल्याहा बच्चा आकाश र ईशा अंबानीले पनि आफ्नो स्टाइल परिवर्तन गरेका छन। आकाशले आफ्नो शारीरिक तौल कम गरे पश्चात उनि हाल निकै नै फिट र ह्यान्डसम देखिन्छन।

आकाशले जस्तै उनकी जुम्ल्याहा बहिनि इशाले पनि आफ्नो तौल घटाएकी हुन्। ईशा अंबानीले आफ्नो विवाहमा सबैलाई मोहित पार्न सफल भएकी थिइन्।  उनको अहिले र पहिलेको तस्बिरलाई हेर्दा इशामा पनि परिवर्तन आएको देख्न सकिन्छ।

मुकेश अंबानीका कान्छा छोरा अनंत अंबानीले  बर्ष २०१६  मा आफ्नो शरीरको तौल घटाएर चर्चामा रहेका थिए। केहि समयदेखि मोटोपनले ग्रसित अनन्तले शारीरिक अभ्यास र खानपानका कारण तौल घटाएका थिए। उनले १८ महिनामा १०८ किलोको वजन घटाएका हुन्।

 

 

प्रकाशित : आइतबार, साउन ०५, २०७६११:५६

यस वेब सिरिज मार्फत चलचित्रमा प्रवेश गर्दै अनुष्का शर्मा !