भोलि साउनको पहिलो सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुस् दैनिक राशिफल !

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको ५ गते सोमवार इश्वी संवत २०१९ जुलाई २२ तारिख, तपाईको दिन कस्तो रहला। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

शारीरिक तथा मानसिक अस्वस्थताको सामना गर्नु पर्नेछ।  अनावश्यक खर्चको मात्रा बढेर जानेछ।  परोपकरी क्षेत्रमा रुचि बढ्ने छ।  मानसिक द्विविधाका कारण महत्वपूर्ण निर्णय लिन नसकिएला।  आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

व्यापार व्यवसायमा लाभ भएर जानेछ।  आर्थिक लाभ भएर जानेछ।  पारिवारिक वातावरण सुखमय रहनेछ। छोटा तर अविष्मरणीय यात्राको सम्भावना रहेको छ। धार्मिक कार्यमा मन जानेछ।  समग्रमा तपाईका लागि भोलिको दिन सुखमय बित्नेछ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

सहकर्मीको प्रसस्त साथ र सहयोग मिल्नाले नया कार्य गर्ने हौशला बढेर जानेछ।  मानसिक रुपमा स्वस्थ रहनुहुनेछ।  सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ। पारिवारिक वातावरण उल्लासमय रहनेछ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

धार्मिक कार्यमा मन जानेछ।  छोटा तथा रमणीय यात्राको सम्भावना रहेको छ। विदेशस्थित आफन्तजनमार्फत शुभ समाचार सुन्ने अवसर मिल्नेछ। मनमा उत्साहको मात्रा बढेर जानेछ। व्यापार व्यवसायमा लाभ हुनेछ।  आकस्मिक धनलाभ हुने प्रबल सम्भावना रहेको छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला।  स्वास्थ्यका पछाडी धन खर्च होला।  परिवारका साथमा आनन्दपुर्वक समय व्यतित हुनेछ।  मनमा नकारात्मक भावले डेरा जमाउला वास्ता नगर्नु होला।  आध्यात्मिक कार्यमा रुचि बढ्ने छ।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

यश किर्ती प्राप्त भएर जाने सम्भावना रहेको छ।  नयाँ बश्त्राभुषण खरिद गर्ने समय रहेको छ।  साथीभाई एवम इष्टमित्रका सुखद समय व्यतित हुनेछ।  समग्रमा तपाईका लागि भोलिको दिन सुखद रहेको छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

स्वास्थ्य अनुकुल रहनेछ।  व्यवसायिक क्षेत्र लाभदायक रहनेछ।  कार्यालयमा सहकर्मीको प्रसस्त साथ र हौसला मिल्नेछ।  बाणीमा संयमिताता अपनाउनु पर्ने देखिन्छ।  खर्चको मात्रा बढेर जानेछ।  कार्यमा सफलता मिल्नाका साथै यश किर्ती प्राप्त भएर जानेछ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेको छ। सन्तान सुख मिल्ने छैन। बिद्यार्थीवर्गका लागि पढाई लेखाईमा खासै सफलता हात लागि भएर जाने छैन। सकेसम्म यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।  भबिश्यका लागि आर्थिक योजना बनाउनका लागि समय अनुकुल रहेको छ।  परिश्रम गरे अनुरुपको सफलता प्राप्त भएर जानेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

मानसिक स्फूर्तिको अभाव रहनेछ।  पारिवारिक वातावरण क्लेशमय रहनेछ।  पैतृक सम्पतिमा बिशेष ख्याल राख्नु पर्नेछ अन्यथा मनमुटाव हुन सक्ला।  धनहानि भएर जानेछ।  माताको स्वास्थ्यसम्बन्धी समस्याले चिन्तित रहनु पर्नेछ। समग्रमा तपाईका लागि भोलिको दिन सामान्य रहेको छ।

मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

साथीभाई र परिवारजनका साथमा दिन आनन्दपूर्वक समाप्त हुनेछ।  रमणीय स्थलको यात्रा हुन सक्नेछ।  व्यापार  व्यवसायका लागि समय अनुकुल रहेको छ। बिद्या प्राप्त गर्नका लागि समय लाभदायक रहेको छ।  शत्रु परास्त भएर जानेछ।  शारीरिक रुपमा स्वस्थ रहनुहुनेछ।  आर्थिक लाभ भएर जानेछ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

मानसिक द्विविधाका कारण महत्वपुर्ण निर्णय लिन नसकिएला। अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ। बोलीको नकारात्मक प्रभाव पर्ने हुनाले बाणीमा संयम रहनु पर्नेछ। पारिवारमा झैँ झमेला देखिनेछ। कार्यमा ढिलासुस्ती देखिनेछ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

शारीरिक तथा मानसिक रुपमा स्वस्थताको अनुभूति हुनेछ।  नया कार्यको थालनी गर्ने प्रेरणा मिल्नेछ।  पारिवारिक वातावरण उल्लासमय रहनेछ।  अचानक धन लाभ हुने सम्भावना रहेको छ। धार्मिक यात्रा हुने सम्भावना रहेको छ।

प्रकाशित : आइतबार, साउन ०५, २०७६१४:०३

भोलि साउन ७ गते मंगलवार तपाईको दिन कस्तो रहला? हेर्नुस् दैनिक राशिफल!