साउन ६ , बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतंजली अमेरिकामा कानुनी चपेटामा फस्ने सम्भावना रहेको छ। अमेरिकाले पतंजलीले उत्पादन गरेको दुई पेय पदार्थ बिक्रीमा रोक लगाउन सक्ने भएको छ। यसका अलावा अमेरिकी खाद्य बिभागले पतंजली आयुर्वेदिकको बिरुद्ध केश हाल्न सक्ने पनि देखिएको छ। यदि यस मामलामा पतंजली दोषी ठहरिएको खण्डमा ३ करोडको जरिवाना लाग्न सक्ने समेत बताईएको छ।
अमेरिकी स्वास्थ्य नियामक यूनाइटेड स्टेट्स फूड एंड ड्रग एडमिनिस्ट्रेशन (यूएसएफडीए) को एक रिपोर्ट अनुसार पतंजलि आयुर्वेदको दुई पेय पदार्थको ब्रान्डमा फरक फरक कुरा बाहिरिएको छ। यूएसएफडीएको रिपोर्ट अनुसार यस पेय पदार्थ अमेरिका निर्यात हुने र र भारतमा प्रयोग गरिने स्तर फरक फरक रहेको भेटिएको छ। साथै यसको गुणस्तर र प्याकिंग पनि फरक रहेको पाईएको छ।
यदि अमेरिकामा पतंजली बिरुद्ध लगाईएको यस आरोप सत्य साबित हुने पुगेको खण्डमा भारतमा पनि पतंजलीका बिरुद्ध जरिवाना लगाइने बताईएको छ। जहाँ ५ लाख अमेरिकी डलरको जरिवाना सहित यसका कर्मचारीको ३ बर्ष जेल हुन सक्ने बताईएको छ।
यहाँसम्म कि पतंजलीको कमाईको सन्दर्भमा कुरा गर्ने हो भने बर्ष २०१७- १८ मा यसको ब्यापारमा १० प्रतिशतले गिरावट आएको थियो। त्यस्तैमा बर्ष २०१८ -१९ मा यस कम्पनिले ९,०३० को घाटा ब्यहोरेको छ।