सोनाक्षीको चलचित्र माथि गरियो प्रतिबन्धको माग !

काठमाडौँ साउन ०६ , केहि समय अघि मात्र चर्को बिरोधको सामना गरेकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा फेरी अर्को विवादमा मुछिएकी छिन। सोनाक्षी अभिनित चलचित्र ‘खानदानी शफाखाना’ माथि रोक लगाउनका लागि दिल्लीका सेक्सोलोजिस्ट डा. बिजय एबटले उच्च अदालतमा स्टे अर्डर दाबी गर्दै फिल्ममाथि रोक लगाउन निवेदन दिएका छन्।

जानकारीका अनुसार चलचित्र ‘खानदानी शफाखाना’ ले डा विजयका बुवा डा हकिम हरि किशन लालका चर्चित र ख्यातिप्राप्त पारम्परिक खानदानी शफाखानालाई अवैध रुपमा प्रस्तुत गरेको साथै कपि राईटको समेत उल्लघन गरेको भन्दै उनले अदालतमा  चलचित्रमाथि प्रतिबन्ध लगाउनु पर्ने माग राखेका हुन्।  डाक्टरले टी सीरीज र फिल्मका निर्देशकलाई   समेत चलचित्र प्रति आपत्ति जनाउदै पत्र पठाएका छन।

अगस्ट २ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खानदानी शफाखाना’लाई  शिल्पी दासगुप्ताले निर्देशन गरेका हुन् भने यसको निर्माता भने टीसीसीज हो।  यस चलचित्रमा सोनाक्षीले एक सोक्सोलोजिस्टको भूमिका निर्वाह गरेकी छिन जहाँ उनि एक खानदानी सफाना नामक क्लिनिक संचालन गरेर बसेकी हुन्छिन।

 

 

 

प्रकाशित : सोमबार, साउन ०६, २०७६१२:१३

चलचित्र ‘न यता न उता’ अफिसियल पोस्टर सार्वजनिक !