एजेन्सी , पछिल्लो समय बलिउड अभिनेता अर्जुन कपुर र मलाईका अरोडाबीचको सम्बन्धको चर्चा सिने जगतमा चरमबिन्दुमा पुगेको छ। यस समय बलिउडमा जे कुराको चर्चा हुन्छ त्यो अर्जुन र मलाईका बिचको कुरा हुन्छ। प्रेम सम्बन्ध, चलचित्र साथै सामजिक संजालमा पनि सक्रिय रहने गरेका अर्जुन मलाईकाले समय समयमा आफ्ना फ्यानहरुका लागि विभिन्न पोस्ट शेयर गरिरहेका हुन्छन। जसका कारणले गर्दा यी दुई चर्चामा समेत रहने गरेका छन। यसै क्रममा हालै मात्र अर्जुनले इन्स्टग्राममा शेयर गरेको एक तस्बिरमा मलाईकाले गरेको कमेन्ट चर्चा बिषय बन्न पुगेको छ।
अर्जुनले ब्ल्याक एण्ड ह्वाईट तस्बिर शेयर गर्दै क्याप्सनमा ‘हाँसो नै सफलता’ हो भन्दै लेखेका छन र मलाईकाले कमेन्टमा ‘के साच्चै’ अर्जुनले रिप्लाईमा ‘यहि विरोधाभासलाई नै जिन्दगि भनिन्छ’। लामो समयदेखि अर्जुन संगको प्रेम सम्बन्धमा रहेकी मलाईकाले अन्तत अन्तत अर्जुनको जन्मदिनको अवसरमा आफ्नो प्रेम स्वीकार गरेकी थिइन्।
https://www.instagram.com/p/B0K1Lw4FeJB/?utm_source=ig_web_copy_link
केहि दिनको छुट्टि मनाएपश्चात यी दुई इन्डिया फर्केका छन। अर्जुन यस समय आशुतोष गोवारिकरको चलचित्र ‘पानीपथ’को छायांकनमा ब्यस्त रहेका छन जहाँ उनलाई मराठा चेफशियन सदाशिव राव भाऊको भूमिकामा देखिदै छन। चलचित्रमा अर्जुनका साथमा संजय दत्त, कृति सेनन, पद्मिनी कोल्हापुरी लगायतका कलाकारहरुको प्रमुख अभिनय रहनेछ।