खेत जोत्दै गर्दा चट्याङ लागि हल गोरु सहित हलीको ज्यान गयो !

मोरङ साउन ७ , मोरङको धनपालथान गाउँपालिका–३ सोराभागमा सोमवार खेतमा गोरु जोत्दै गरेको अवस्थामा चट्याङ लागेर स्थानीय ५० वर्षीय श्याम मण्डलको घटना स्थलमा नै मृत्य भएको छ । घरदेखि करिब २०० मिटर पर खेतमा जोत्दै गरेको अवस्थामा चट्याङ लागि मण्डल सहित एक हल गोरुको पनि ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल खेत रोप्नका खेतमा काम गर्दै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो।  मृत मण्डल को शवलाई स्थानीय अस्पतालमा पोस्टमार्टम गरि परिवारको जिम्मा लगाईएको छ।

त्यस्तै सोमवार नै मोरङको सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ पनि चट्याङ लागि घाइते भएकी छिन। टाउको र कानमा गम्भीर चोट लागेको लक्ष्मीदेवीको स्थानीय अस्पतालमा उपचार भईरहेको छ।

 

 

 

प्रकाशित : मङ्गलबार, साउन ०७, २०७६०७:३२

छाला देखि कपाल सम्मका लागि फाइदाजनक छ निम , कसरी जानिराखौं