शरीरमा सुगरको मात्रा घट्नु या बढ्नु दुवै स्वास्थ्यका लागि हानिकारक रहेको छ। तर आजभोली अधिकांश मानिस उच्च ब्लड सुगरको शिकार हुन पुगेका छन। सुगरको मात्रा बढ्नाले शरीरको अर्गान्स ड्यामेज हुनका साथै प्राणघातक समेत रहेको छ। त्यसैले शरीरमा सुगरको मात्रा नियन्त्रणमा राख्नु पनि आवश्यक छ। जसका लागि विभिन्न औषधि र उपायहरुको उपयोग गर्नु भन्दा यी खानेकुराको सेवन गर्नु अत्यन्तै लाभदायक रहेको छ।
कति हुनुपर्छ सुगरको मात्रा ?
ब्लड सुगरको परिक्षण खाली पेटमा गर्नु पर्दछ। जसका लागि ८ देखि १० घण्टा भोको हुनु पर्छ। खाली पेटमा ब्लड सुगरको मात्रा ७० देखि ११० mg/dl हुनु पर्छ भने खाना खाएको अवस्थामा सुगरको मात्रा १४० देखि १६०mg/dl हुनुपर्छ।
अनियन्त्रित सुगरको नतिजा
शरीरमा सुगरको मात्रा अनियन्त्रित हुदा आँखाको रेटिनामा नकारात्मक असर यसले हेर्ने क्षमतामा पनि प्रभाव पार्दछ। यसका साथै मृगौला, रक्तकोशीका , मुटुमा असर पर्न जान्छ। साथै सुगरको मात्रा बढ्नाले विभिन्न इन्फेक्सनको खतरा रहन्छ।
अब हामी शरीरमा सुगरको मात्रा नियन्त्रणमा ल्याउने ४ खानेकुराहरुको बारेमा कुरा गर्न जादैछौं। आउनुहोस ,
जौ को रोटि
खाजामा जौ को रोटि खानाले ब्लड सुगर नियन्त्रमा रहनुका साथै अन्य विभिन्न रोगहरुबाट बचाउछ। जौको रोटि यस्ता व्यक्तिहरुका लागि फाइदाजनक रहेको छ जसको शरीरमा ब्लड सुगरको मात्रा अत्याधिक रहेको छ।
दाल
मधुमेह पिडितका लागि दाल तथा गेडागुडीको सेवन गर्नु पनि स्वास्थ्यका लागि लाभदायक रहेको छ।
गँहुको रोटि
गँहुमा क्यालोरी , फाइबर र प्रोटिनको मात्रा प्रसस्त हुने भएकाले यसले शरीरमा सुगर नियन्त्रणमा राख्नमा मदत गर्दछ।
खिचडी
सुगरले ग्रसित व्यक्तिहरुका लागि खिचडीको सेवन लाभदायक रहेको छ।
यसो हो भन्दैमा सुगरका रोगिहरुले घरायसी खानेकुराहरुमा मात्र ध्यान दिनु भन्दा पनि एक पटक चिकित्सकको उचित सल्लाह सुझाव र प्रतिक्रिया लिएर नियमित स्वास्थ्य परिक्षण गर्नु आवश्यक छ।