यी ईरानी राजकुमारी जसका लागि १३ युवाले गरेका थिए…

आजकलको समयमा त्यो महिलालाई सुन्दर मानिन्छ जो महिला दुब्ली पातली छिन , अनुहारमा कुनै पनि दाग धब्बा आएको छैन हो अक्सर त्यस्तै महिलाको पछाडी सारा दुनिया फिदा हुने गर्छ। तर १९ औं शताब्दीको समयमा परिस्थिति यो भन्दा बिल्कुलै फरक थियो उक्त समय अलि खाइलाग्दो मोटीघाटी महिलालाई सुन्दर मान्ने गरिन्थ्यो। जुन कुराको याद आजसम्म पनि इरानकी एक राजकुमारीले गराएकी छिन।

१९ औं शताब्दीमा इरानकी राजकुमारी ‘ताज अल कजर सुल्ताना’ को सुन्दरता देखेर पागल नहुने सायदै थिए। सो समयमा राजकुमारीको अनुहार रौँ ले ढाकेको र भद्दा र नमिलेको शरीर थियो तर पनि उक्त समयमा राजकुमारीलाई राम्री मान्ने गरिन्थ्यो।

मिडिया रिपोर्टका अनुसार सो समयमा हरेक पुरुषहरु राजकुमारीकै सपना देख्ने गर्थे र कतिले विवाहका लागि समेत प्रस्ताव राख्ने गर्थे बिवाह र प्रेम प्रस्तावलाई राजकुमारीले अस्विकार गर्दा उनका  लागि १३ जना पुरुषले प्राण त्यागेका थिए। प्रेम प्रस्ताव आउनुभन्दा अघि नै राजकुमारीले ‘अमीर हुसैन खान शोजा ए सल्तनेह’का साथमा विवाह गरिसकेकी थिइन्।  सन्तानका रुपमा उनका २ छोरा र २ छोरी रहेका थिए।  पछि उनीहरुको विभिन्न कारणले सम्बन्ध बिच्छेद हुन पुग्यो।

भनिन्छ राजकुमारीको विवाह पछि २ जना संग अफियर थियो जसमा गुलाम अली खान अजीजी अल सुल्तान र ईरानी कवि आरिफ काजविनी रहेका थिए। सो समयमा राजकुमारीलाई आधुनिक राजकुमारीको रुपमा मान्ने गरिन्थ्यो उनि पश्चिमी सभ्यताबाट प्रेरित थिइन् र वेस्टर्न कपडा लगाउने गर्थिन।

प्रकाशित : बुधबार, साउन ०८, २०७६०८:१७

रेलबाट खसेपछि फुट्यो पेट, बाहिर निस्किए आन्द्रा : तैपनि आँट गरेर यसरी पुगे अस्पताल !