भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको ९ गते बिहिवार इश्वी संवत २०१९ जुलाई २५ तारिख, काठमाडौंमा सूर्योदय– ५:२४ बजे, सूर्यास्त– १८:५६ बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। साहित्य, कला एवम मनोरंजनात्मक कार्यमा रुचि बढ्ने छ। पारिवारिक सुख समृद्धिमा वृद्धि भएर जानेछ। माताको तर्फबाट बिशेष लाभ मिल्ने देखिन्छ। मन प्रफुल्लित हुनेछ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
सानातिना घरेलु कामकाजमा अल्झिने समय रहेको छ। भौतिक साधनको क्षती हुन सक्ला सावधान रहनुहोला। पारिवारिक वातावरणमा झैँ झमेला देखिनेछ। परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्नाले आर्थिक संकट देखा पर्ने छ। महत्वपुर्ण निर्णय लिन नसक्दा हातमा आएको अवसर पनि गुमेर जानेछ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
नया जिम्मेवारी थपिएर जानेछ। दैनिक कामकाज सजिलै सम्पादन भएर जानेछ। अविवाहितका लागि विवाहको योग रहेको छ। अचानक धन लाभ भएर जानेछ। सन्तान सुख मिल्नेछ। दाम्पत्यजीवन सुखद रहेको छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। आय आर्जनमा वृद्धि भएर जानेछ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
अपेक्षा गरे अनुरुप हरेक कार्य सरलतापुर्वक सम्पादन भएर जानेछ। व्यवसायिक क्षेत्रमा फड्को मार्न सकिनेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। सरकारी क्षेत्रमा लाभ मिल्नेछ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ। सूखद बैदेशिक यात्राको योग रहेको छ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
नयाँ अवसर प्राप्त भए पनि बिशेष सोच विचार गरेर मात्र अगाडी बढ्नु पर्ने देखिन्छ। टाढाको यात्रा हुने सम्भावना रहेको छ। धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। स्वास्थ्य सामान्य रहने छ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
नया कार्य थालनी गर्नका लागि समय अनुकुल रहेको छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले खानपानमा बिशेष धयान पुर्याउनु पर्नेछ। परिवारमा अनावश्यक झैँ झमेला देखिन सक्ने भएकाले बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। आम्दानीको तुलनामा खर्चको मात्रा बढेर जानेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
अपेक्षागरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक हताशा पैदा भएर जानेछ। प्रेम सम्बन्ध मजबुत भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ। समग्रमा तुला राशी हुनेहरुका लागि भोलिको दिन फलदायी रहने छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
रुचिको बिषयमा लगानी बढाउने समय रहेको छ। घरायसी वातावरण सुखमय रहने छ। कार्यक्षेत्रमा सहकर्मीको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक दृष्टिले भोलिको दिन लाभदायक रहेको छ। कार्यमा सफलता मिल्नेछ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
कार्यमा अपेक्षाकृत सफलता नमिल्दा मानसिक चिन्ताले सताउने छ। क्रोधलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ मिल्ने देखिन्छ। सन्तान सुख मिल्नेछ। सकेसम्म यात्रामा ननिस्कदा नै राम्रो हुनेछ।
मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)
आफ्नै कमि कमजोरीका कारण बादविवादमा फस्ने सम्भावना रहेको छ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। अनिन्द्राले सताउने छ। समयमा भोजन मिल्ने छैन। अनावश्यक खर्चको मात्रा वृद्धि भएर जानेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रम मान हानी हुने सम्भावना रहेकाले बिशेष सावधानी अपनाउनु पर्नेछ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। मनमा उत्साहको मात्रा बढेर जानेछ। दाजु भाईको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण योजना बनाउने समय रहेको छ। छोटो तथा रमणीय यात्राको सम्भावना रहेको छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
स्वादिष्ट भोजनको अवसर मिल्नेछ। साथीभाई तथा आफन्तजनका साथमा सुखमय समय व्यतित हुनेछ। बोलीको नकारात्मक असर पर्ने भएकाले बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ। आर्थिक कारोवारको क्षेत्रमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। स्वास्थ्य सामान्य रहेको छ। व्यापार व्यवसायमा लाभ मिल्ने देखिन्छ। समग्रमा मिन राशिका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।