रेलबाट खसेपछि फुट्यो पेट, बाहिर निस्किए आन्द्रा : तैपनि आँट गरेर यसरी पुगे अस्पताल !

एजेन्सी – केहि दिन अगाडी भारतको तेलंगाना जिल्लाका २४ वर्षीय सुनील चौहान भाइ प्रवीण र केहि विदेशी कामदार सहित उत्तर प्रदेशको बलिया जिल्लाबाट रेल चढेर आन्ध्र प्रदेशको नेल्लोर जाँदै थिए। बिहानको २ बजे आसपासको समयमा उनीहरु चढेको संघमित्रा एक्सप्रेसले तेलंगानाको हसनपर्थी नजिकैको उप्पल स्टेशन पनि पार गर्यो।

शौचालय जान उठेका सुनील एक्कासी रेलबाट खस्न पुगे। रेलबाट खसेपछि उनी जमिनमा रहेको ढुंगामा बजारिन पुगे। जसकारण उनको पेट फुट्यो, उनको आन्द्रा समेत बाहिर निस्किए।

घटना पछि नडराई सुनिलले यसरी बचाए ज्यान

पेट फुटेर आन्द्रा समेत बाहिर निस्किएको अवस्थामा उनले बुद्धिमानी कदम उठाउँदै आफ्नो ज्यान बचाए। आन्द्रा बाहिर निस्केको देखेपछि उनले आफ्नो सर्ट खोलेर त्यसलाई पेटमा बाँधे। केहि समय उनले कतैबाट सहयोग मिल्छ की भनेर कुरे। तर त्यस्तो केहि देखिएन। त्यसपश्चात उनी रेलवे ट्रयाकबाट पैदल अगाडी बढे।

२ घण्टामा पैदल यात्रा गरे ९ किलोमिटर

सहयोग र अस्पतालको खोजिमा सुनील २ घण्टा सम्म पैदल हिँडे। हिंड्दा पिडा भएर पनि उनले सहँदै ९ किलोमिटर यात्रा गरे। उनका अनुसार समय-समयमा आन्द्राहरु बाहिर निस्किन्थे। तर आन्द्रालाई आफ्नो हातले पेट भित्र पसाउँदै उनी हसनपर्थी स्टेशन सम्म उनी पुगे।

स्टेशन मास्टरले उद्धार गरी असपताल पुर्याए

९ किलोमिटर पैदल हिँडेर हसनपर्थी स्टेशन पुगेका सुनील माथि हसनपर्थी स्टेशन मास्टरको नजर पर्यो। यस्तो नाजुक अवस्थामा रहेका सुनीलको स्टेशन मास्टरले तत्कालै उद्धार गरी अस्पताल पुर्याए। सुनीललाई वारंगल स्थित महात्मा गांधी अस्पतालमा भर्ना गरियो।

गम्भीर भएपनि स्वास्थ्य अवस्था स्थिर

पेट फुटेर अस्पताल पुगेका सुनीलको अवस्था गम्भीर रहेको बताइएको छ। उनको अहिले उपचार चलिरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको हुँदा सुनील खतरामुक्त रहेको महात्मा गांधी अस्पतालका डाक्टरहरुले बताएका छन्।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०५:५७

मालिककी छोरी बचाउन सर्पसँग लडे दुई कुकुर, दिए आफ्नै बलिदान ! [भाइरल भिडियो सहित]