सामाजिक संजाल फेसबुकलाई अमेरिकाले अहिले सम्मकै ठुलो रकम जरिवाना तिराएको छ।अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको बताएको छ।
फेसबुकलाई गोपनीयताको नियम उल्लघन गरेको अभियोगमा हालसम्मकै ठुलो रकम ५ अर्ब डलर जरिवाना गराईएको यो पहिलो पटक हो। यस अघि एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्यम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको आरोपको छानबिन गरेको थियो ।
एफटीसीका अध्यक्ष सिमोन्सले फेसबुकमा हुने गोपनियता उल्लङ्घन कम गर्न र गोपनियताको हकको संरक्षण गर्नकै लागि फेसबुकलाई यति ठुलो जरिवाना गरिएको बताएका छन साथै फेसबुकको गोपनियता भंग हुन नदिनका लागि छुटै समिति गठन गर्न सकेको खण्डमा जुकर्बर्ग कानुनी फन्दामा पर्नु नपर्ने समेत उनको भनाइ रहेको छ।
फेसबुकका प्रबन्धक मार्क जुकर्बर्गले अब फेसबुकमा कुनै पनि खालको गोपनियता भंग हुन नदिने र बिगतका कमि कमजोरीलाई औल्याउदै अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन।