ठूला सवारीको ५० हजार र सानोको १० मा लाईसेन्स बेच्ने दिपक समातिए !

काठमाडौँ : नक्कली लाईसेन्स (सवारी चालक अनुमतिपत्र) बनाउने काममा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

ठूला सवारीको ५० हजार रुपैयाँ र साना सवारीको १० हजार रुपैयाँ भन्दै नक्कली लाइसेन्स बिक्रि गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका- ७ निवासी दिपक अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपित अर्यालले स्थानीय युवासँग नक्कली लाइसेन्स बिक्रि गरेको सूचना प्राप्त भएपछि तत्काल जीतपुर बजारबाट नियन्त्रणमा लिईएको हो ।

उनको साथबाट ५ थान स्मार्ट लाईसेन्स सहित लाईसेन्स बनाउन बुझाउने राजस्व रसिद बरामद भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०६:४०

गोरखाको ओडारबाट प्रहरीले गर्यो १६ किलो सुन बरामद !