चर्चित कमेडियन कपिल शर्मा बाबु बन्दै, एयरपोर्टमा देखिए यस्तो अवस्थामा…

चर्चित कमेडियन कपिल शर्मा अब छिट्टै बाबु बन्दैछन् ।  हालै कपिल  श्रीमती गिन्नी चतरथलाई लिएर बेबीमुनमा गएका छन् । बुधबार राति दुवै जना मुम्बई एयरपोर्टमा देखिएका थिए ।  यस समय कपिल क्लिन शेव लुकमा देखिएका थिए । त्यस्तै गिन्नी ब्ल्याक आउटफिटमा आफ्नो बेबी बम्प लुकाउदै देखिएकी थिइन् । गिन्नी र कपिल क्यानडा गएका हुन् । उनीहरु त्यहाँ १० दिन बस्नेछन् ।

मिडिया रिपोर्ट अनुसार गिन्नी ३ देखि ४ महिनाको प्रेगनेंट छिन् ।  आफ्नो व्यस्त समयको कारण कपिलले गिन्नीलाई समय दिन पाएका थिएनन् । त्यसैले उनले बेबीमुनको योजना बनाएका हुन् ।

कपिल बच्चा बेलाको साथी गिन्नी  चतरथको साथ १२ सेप्टेम्बरमा विवाह बन्धनमा बाधिएका थिए । विवाहको केहि दिनमै कपिलले  रिसेप्‍शन पार्टी दिएका थिए ।  रिसेप्शनमा टिभी इंडस्ट्रीदेखि  पंजाबी फिल्म इंडस्‍ट्री र बलीउडबाट सबै कलाकार उपस्थित भएका थिए ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०८:३३

इंस्टाग्राममा एउटा फोटो शेयर गरे बापत यति करोड लिन्छिन प्रियंका !