काठमाडौँ – बुधबार जीप दुर्घटना हुँदा लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा एक जनाको मृत्यु भएको छ।
चामे सडकअन्तर्गत लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा बुधबार राति जीप दुर्घटना हुँदा तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको हो।
जीप दुर्घटना भएर राति नै चालकको मृत्यु भएको भएता पनि दुर्घटना बारे स्थानीयहरुले बिहिबार बिहान मात्रै थाहा पाएका थिए। जीप दुर्घटना भएको स्थान नजिकै ट्रक हिलोमा फसेपछि धकेल्ने क्रममा दुर्घटनाग्रस्त जीप देखिएको थियो।
लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत जाँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप मस्र्याङ्दीमा खसेको र बिहिबार स्थानिय देखेपछि आफूहरुलाई खबर गरेको लमजुङ प्रहरीले जनाएको छ।