गोल गरेपनि बेल रियलमा रहँदैनन्

एजेन्सी– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेलको भविष्य रियल म्याड्रिडमा नरहेको स्पष्ट पारेका छन् । आर्सनलविरुद्ध गोल गरेका बेलले बायर्न म्युनिखविरुद्ध आफैं खेल्न अस्वीकार गरेको दाबी जिदानले गरेका छन् ।

बायर्नसँगको खेलपछि जिदानले २४ देखि ४८ घन्टा भित्र बेलले रियल छाड्ने बताएपछि उनको आलोचना भएको थियो । त्यो सँगै टोटेनह्यामका पूर्व स्टार चीनको क्लब जाने हल्ला सुरु भएको थियो । जिदानले बार्यनविरुद्धके २२ सदस्यीय टोलीमा बेललाई राखेका थिएनन् । तर, आर्सनलसँगको खेलमा भने बेलले खेल्दै गोल पनि गरे।

उनले आफ्नो पछिल्लो भनाईलाई प्रष्ट पार्ने प्रयास पनि गरेका छन् । ‘ पहिलो त म कुनै पनि खेलाडीलाई अनादार गर्दिन । हरेक खेलाडी उत्तिकै महत्वपूर्ण हुने मैले बताउँदै आएको छु,’ जिदानले भने,‘ म सैध खेलाडीसँग हुनेछु । यो विषयमा म प्रष्ट छु ।’

उनी त्यत्तिमा रोकिएनन्, ‘ अर्को विषय । बेललाई क्लबले बेच्ने प्रयास गरिरहेको छ । यसमा मेरो भनाई यत्ति हो । अर्को बढी महत्वपूर्ण र गम्भिर भनेको बायर्नविरुद्धको उनले जर्सी लगाउन मानेनन् । किनकी उनी क्लबबाट जान चाहिरहेका छैनन् ।’

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०८:२९

पहिलो खेलमै सन्दीपबिनाको टोरोन्टो पराजित !