खोलाले बगाएर ल्यायो सडेगलेको १४ वर्षीया किशोरीको लास, पहिचान खुल्न सकेन !

वीरगञ्ज, ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा बिहिबार बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ ।

उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए।

यसैगरी मङ्गलबारदेखि आएको अविरल वर्षाका कारण ठोरी गाउँपालिका–३ को रामनगर र बुद्धनगरमा रहेको खानेपानीको पाइप बगाउँदा १५० घरपरिवार प्रभावित भएको ठोरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

चिसापानी भन्ने ठाउँबाट पाइपमार्फत खानेपानी आउने गरेकामा बाढीले सो पाइप बगाएपछि त्यहाँका बासिन्दा आकासेपानी खान बाध्य भएको उक्त कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताए ।

वर्षाको भेलले ठाउँठाउँमा बाटो भत्काउँदा बुद्धनगरसम्म मात्र सावारी साधन चल्ने भएकाले दर्जनौँ गाउँको ठोरीसँग सम्पर्कविच्छेद भएको छ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०८:३४

प्रचण्ड-बाबुराम लगायतलाई बर्हिगमित माओवादी लडाकुहरुले दिए ३ महिनाको अल्टिमेटम