गर्भवस्थामा हुने यस्ता गल्तिकै कारण बच्चाको मुटुमा पर्छ प्वाल!

 काठमाडौं । मुटुमा असर भएको बच्चा जन्मेमा बच्चाको बारेमा सोचेर आमाबुबा निराश हुने गर्दछन् । किन यस्तो बच्चा जन्मन्छ भन्ने विषयमा जानकारीको अभावको कारणले पनि यस्तो हुनुसक्छ । गर्भवर्ती भएको करिब ३ महिनाको अवधिभित्र बच्चाको मुटुको निमार्ण कार्य भइसकेको हुन्छ । गर्भवर्ती भएको ३ महिनामा (प्रथम चरण) बच्चाको विकास कार्यमा आमाले विशेष ध्यान दिनुपर्दछ । गर्भवर्ती भएको प्रथम चरणमा अमालाई रुबेला नामको दादुरा भएमा बच्चाको मुटुमा समस्या देखापर्दछ । त्यस्तै गर्भवस्थामा खानपानमा विशेष ध्यान नदिंदा, धुम्रपान, मध्यपान र जथाभावी औषधी सेवन गरेमा पनि यस्तो हुन्छ ।

पछिल्लो समयमा फलफूल र सागसब्बीमा पनि बढ्दो रुपमा विषाधी औषधीको प्रयोग भएको छ, यस कुरा प्रति ध्यान नदिदा पनि बच्चाको मुटुमा असर देखापर्छ । मुटुमा असरदेखापर्ने कारणमध्ये वशाणुगत कारण पनि हुनसक्छ तर यस्तो कारण हुन्छनै भनेर भन्न चाहि मिल्दैन् । खास त गर्भवस्थामा आमाले गर्ने भोजन सन्तुलित र पोषणयुक्त हुनुपर्दछ । मुटुमा प्वाल पर्ने समस्या धेरै त जन्मजातकै हुन्छन्, मुटुमा प्वाल मुटुको दाहिने र देब्रे भाग छुट्याउने भित्तामा पर्दछ । लक्षण र बच्चामा देखापर्ने समस्या थाहा पाउन भने कुन ठाउँमा कति ठुलो प्वाल छ भन्ने कुरामा निर्भर गर्दछ । मुटुको माथी पट्टीको सानो कोष्ठ छुट्याउने भित्तामा प्वाल भएमा खतनाक मानिदैन् । यस ठाउँको प्वाल सानो छ भने उपचारको पनि जरुरत पदैन् ।

मुटुको तल्लो भागको ठूला कोष्ठलाई छुट्याउने भित्तामा प्वाल भएमा बढी नै खतरनाक हुन्छ । तर प्वाल सानो छ भने प्वाललाई शल्यक्रियाद्वारा टाल्न सकिनेछ । मुटुमा प्वाल भएपछि रोगका विभिन्न लक्षणहरु देखापदर्छ । दाहिने भागमा अशुद्ध रगत र देब्रे भागमा शुद्ध रगत हुन्छ । मुटुको प्वालले मुटुको चाप बढादिन्छ चाप बढेमा शुद्ध र अशुद्ध रगत मिसेर रोगका लक्षणहरु देखापर्न सुरु हुन्छ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६११:१०

चरमसुखका बारे पुरुष मात्र नभई महिलाहरुले पनि थाहा पाउनुपर्ने रहस्य यस्ता छन्