बसले ७ वर्षीय बालकसहित ४ जनालाई एकसाथ ठक्कर दिएपछि …

सांकेतिक तस्बिर

काठमाडौँ : बिहीवार राति बसको ठक्करबाट चितवनमा ४ जना घाइते भएका छन् ।

चितवनको भरतपुरबाट शरणपुरतर्फ जाँदै गरेको ना ४ ख ३४९९ नम्बरको बसले राति करिब ८ बजे ठूलोगडीमा चार पैदलयात्रीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते हुनेहरुमा भरतपुर महानगरपालिका–१६ की ३० वर्षीय प्रतिमा बस्नेत, सोही स्थान बस्ने वर्ष २१ की प्रसमता विक, वर्ष ७ का रसिन मगर र २७ वर्षीय रञ्जु थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घाइते सबैको तत्काल उद्धार गरि उपचारका लागि पुरानो मेडिकल कलेज पठाई बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०५:५४

मंसिर भित्रै चुनाव गराउने आयोगको तयारी …