शिल्पा-छबि काण्ड: दाई-भाउजु विरुद्ध पनि उजुरी…

काठमाडौँ, अभिनेत्री शिल्पा पोखरेलले आफ्ना पति तथा चलचित्र निर्माता छविराज ओझा विरुद्ध गत असार २२ गते घरेलु हिंसाको उजुरी दिएपछि उनीहरुको विवाह भएको खुलेको थियो । करिब ६ महिना अगाडी विवाह दर्ता गराएका छवि र शिल्पा बीच केहि साता अगाडी घरायसी झगडा भयो । र शिल्पाले घरेलु हिंसाको उजुरी दर्ता गराई श्रीमानले हातपात गर्दा आफ्नो कानको जाली फुटेको उल्लेख गरेकी थिइन्  । तर अहिले यो घटनाले नया मोड लिएको छ  ।

वास्तवमा छबिकी जेठी श्रीमती हेमा ओझाले केहि दिन अगाडी छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा हालिन् । साथै विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती विरुद्ध पनि उजुरी परेको छ । विकास रौनियार शिल्पाले भाई टिका लगाएको अर्थात् बनाएको दाइ हुन् । शिल्पाको विवाहमा विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती साक्षि बसेका थिए। बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ। र  साक्षीहरुलाई  भने माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था रहेको छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०६:५२

बच्चा जन्माएपछि मात्रै विवाह गर्ने सोचमा यी नायिका, सार्वजनिक गरीन् यस्तो तस्विर ! [तस्विर सहित]