काठमाडौंमा सालनालसहितको शिशु भेटियो, मकैबारीमा फ्याँकेर आमा बेपत्त्ता !

काठमाडौँ – काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बिहिबार एक बेवारिसे शिशु फेला परेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीमा बिहिबार बिहान सालनालसहितको शिशु फेला परेको हो।

मकैबारी फालिएको अवस्थामा रहेको सालनालसहितको शिशु फेला परेको भन्दै स्थानीय रामा श्रेष्ठले खबर गरेपछि उद्धार गरेर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।

गोर्कण बिटबाट खटिएको सई रामेश्वर खड्कासहितको टोलीले शिशुको तत्काल उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याएको हो।

अहिले उक्त शिशुलाई एनआइसियुमा राखिएको र डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटिएको छ। अस्पताल श्रोतले दिएको जानकारी अनुसार पहिला श्वासप्रश्वासमा समस्या आएको भएता पनि शिशुको अवस्था सामान्य हुँदा गएको छ।

शिशुलाई मकैबारीमा कसले फ्याँकेर गयो भन्ने बारे खुलिनसकेको र त्यस बारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। बुधबार राति कसैले शिशुलाई मकैबारीमा फलेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०७:१०

बोर्डिङ छुट्टि भएपछि घर फर्किंदा पानीमा डुबेर गयो एल.केजि. मा अध्ययनरत प्रिपेसको ज्यान …