काठमाडौँ : ललितपुरमा , बिरामी भएपछि झारफुक गर्न गएकी किशोरीमाथि जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
गत साउन ७ गते टाउको र शरीर दुख्ने समस्या आएपछि झारफुक गर्न गएकी किशोरीलाई जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका – १५ सामपाङ चोकबाट ४० वर्षीय सर्बु राईलाई पक्राउ गरेको हो ।
झारफुक गर्न पुगेकी किशोरीलाई राईले उपचार गरेको कसैले देख्न नहुने भन्दै कोठाभित्र लगेर कपडा समेत खोल्न लगाई जबरजस्ती गर्न खोजेपछि किशोरी भाग्न सफल भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार किशोरीले आफ्ना परिवारका सदस्यलाई घटनाबारे बताएपछि प्रहरीमा उजूरी गरि आरोपित राईलाई पक्राउ गरिएको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।