सिंगापुरले मलेसियालाई हराएपछि नेपाललाई “लट्री” नै लाग्यो, भयो फाइदै फाइदा !

सिंगापुर  – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् ।

दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरलाई पराजित गरे सोझैं ग्लोबल छनोटमा स्थान बनाउने छ । यो दुई नतिजाले नेट रनरेट बाधक बन्ने छैन ।

९३ रनको सामान्य लक्ष्य सिंगापुरले १३.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४२ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । त्यस्तै मनप्रित सिंहले २६ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले १८.४ ओभरमा अल आउट हुँदै ९२ रनमा समेटिएको थियो ।

मलेसियाका लागि मुहम्मद शहदायतले सर्वाधिक २२ रन जोडे । ओपनर विरनदीप सिंह १७,शफिक शरार्फ र अमिनुदीन रमालीले समान १२ रन जोडे । अन्यले भने राम्रो प्रर्दशन गर्न सकेनन् । सिंगापुरका लागि अजाद महबुब र अनन्थ कृष्णले समान ३ विकेट लिए । विजय कुमारको नाममा २ विकेट रह्यो । योसँगै मलेसिया र कतार भने एक खेल बाँकी हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

सिंगापुर ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । आइतबार नेपाललाई हराउन सके सिंगापुर अघिल्लो चरणमा प्रवेश गर्ने छ । कुवते ३ खेलमा समान १ मा हारका जितका साथ दोस्रो स्थानमा रहेको छ । शनिवार नेपालसँग खेल्ने छ ।

नेपाल २ खेलमा समान १ खेलमा जित हारका साथ तेस्रो स्थानमा छ । कुवेत र सिंगापुरलाई हराउन सके ग्लोबल छनोटमा स्थान बनाउने छ । यी दुई खेल मध्य एक हारे वा वर्षाको कारण रद्द भए नेपालको संभावना अंक गणितीय झिनोमात्रै बाँकी रहने देखिन्छ ।

मलेसिया ३ खेलमा २ मा हार १ जितका साथ चौथो स्थानमा रहँदा अघिल्लो चरण समाप्त भएको छ । ३ खेलमा २ मा हारका र १ मा जितका साथ पुछारमा रहेको कतार पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०९:३३

सन्दीप र वसन्त चम्किए, नेपाललाई कुवेतले दियो मध्यम लक्ष्य !