एजेन्सी, हरेक मानिस आफ्नो सफलतामा आफ्ना आमा-बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै फिलिपिन्समा एक युवकले पढाइको सफलतामा आफ्नी आमालाई दिक्षान्त समारोहमा लगेका छन् । तर उनले आफ्नी आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, किनकि उनकी आमाको २०१६ मा नै निधन भएको थियो ।
पाउलो जोन एलिन्सोग नाम गरेका ति युवक आफ्नो डिग्रीको पढाइ सकेपछि यसको उत्सव आमासँग मनाउन चाहन्थे । उनि अरु मानिस जस्तै आमाको साथ फोटो लिन चाहन्थे ।पाउलो आफ्नो डिग्रीको सफलतामा सधै आफ्नी आमा होस् भन्ने चाहन्थे ।
पाउलो आफ्नी आमालाई निकै माया गर्छन । साथै उनले धेरैलाई एक संदेश पनि दिएका छन् । उनले आफ्नी आमालाई सधै खुसि राख्न आग्रह पनि गरेक छन् ।