आमाको फोटो काटेर यी युवकले मनाए डिग्री सफलताको उत्सव…

एजेन्सी, हरेक मानिस आफ्नो सफलतामा आफ्ना आमा-बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै फिलिपिन्समा एक युवकले  पढाइको सफलतामा  आफ्नी आमालाई दिक्षान्त समारोहमा लगेका छन् । तर उनले आफ्नी आमाको तस्विरलाई काटेर दिक्षान्त  कार्यक्रममा लगेका हुन्, किनकि उनकी आमाको २०१६ मा नै निधन भएको थियो ।

पाउलो जोन एलिन्सोग नाम गरेका ति युवक आफ्नो डिग्रीको पढाइ सकेपछि यसको उत्सव आमासँग मनाउन चाहन्थे ।  उनि अरु मानिस जस्तै आमाको साथ फोटो लिन चाहन्थे ।पाउलो आफ्नो डिग्रीको सफलतामा सधै आफ्नी आमा होस् भन्ने चाहन्थे ।

पाउलो आफ्नी आमालाई निकै माया गर्छन । साथै उनले धेरैलाई एक संदेश पनि दिएका छन् । उनले आफ्नी आमालाई सधै खुसि राख्न आग्रह पनि गरेक छन् ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०९:४०

बीच सडकमा आङ सिरिङ्ग हुने दुर्घटना : यसरी बचाइयो चालकको ज्यान ! [भिडियो सहित]