फुपूको घरमा बसेकी आरतीले नदीमा हाम फालिन् …

सांकेतिक तस्बिर

काठमाडौँ : शुक्रबार दिउँसो एक किशोरीले सेती नदीमा हाम फालेकी छिन् ।

बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका- ११ भोपुरमा फुपु नाता पर्नेको घरमा बस्दै आएकी सोहि जिल्ला छविस पाथीभेरा गाँउपालिका- २ की आरती विकले दिउँसो १ बजे नदीमा हामफाल्दा ज्यान गएको हो ।

उक्त घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलिले आरतीको शव करिब १ किलोमिटर तलबाट निकालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य बहादुर केसीले जानकरी दिए ।

उनका अनुसार मृतक विकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल पुर्याई हाम फाल्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६०९:५१

उत्तर कोरियाको क्षेप्यास्त्रबाट खतरा छैन भन्छन् अमेरिका र दक्षिण कोरिया !