एजेन्सी – अमेरिका भएको एक कार दुर्घटनाको भिडियो सामाजिक संजालमा भाइरल भएको छ।
भाइरल भिडियोमा दुर्घटना पछि सडकमा पल्टिएर उत्तानो परेको कारबाट चालकलाई उद्धार गर्न सडकमा रहेका केहि व्यक्तिहरुले प्रयास गरिरहेको देखिन्छ।
के छ भिडियोमा ?
भिडियोमा देखिए अनुसार एक सडकमा कार, सवारीहरु गुडिरहेका हुन्छन्। त्यही क्रममा एउटा कार एक्कासी दुर्घटना ग्रस्त हुन्छ र सडकमै उत्तानो पर्छ।
कार दुर्घटना भएलगतै त्यहाँ केहि मानिसहरु जम्मा हुन्छन् र कारलाई पल्टाएर सिधा बनाउन खोज्छन्। केहि व्यक्तिले मात्रै कारलाई पल्टाएर चालकको उद्धार गर्न सम्भव हुँदैन। त्यहाँ अन्य व्यक्तिहरु पनि थपिन्छन्।
Good Samaritans stopped on both sides of the highway in a dramatic rescue of a pickup truck driver whose vehicle overturned in Illinois. The group banded together to flip the truck on its side and help the driver climb out of the truck. https://t.co/pgFkAYAIa2 pic.twitter.com/nCQcAsTJ4u
— ABC News (@ABC) July 22, 2019
उद्धारमा सहयोगीको संख्या अलि बढेपछि कारलाई पल्टाउँछन् जसपश्चात केहि समयको प्रयास पछि उनीहरु ड्राइभरलाई बाहिर निकाल्न सफल हुन्छन्।
कहाँको हो भिडियो ?
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार भिडियो अमेरिकाको सिकागोको हो। दुर्घटनामा परी उद्धार गरिएका व्यक्तिको नाम ओरलेन्डो हरनेनडेज रहेको बताइएको छ।
सबै भन्दा पहिला यस भिडियो ट्वीटरमा एबीसी शिकागो स्टेशनले शेयर गरेको थियो। अहिले सम्म २० लाख भन्दा बढी पटक हेरिसकिएको यस भिडियोमा टिप्पणी गर्दै अधिकांशले चालकको ज्यान बचाएकोमा धन्यवाद दिएका छन्।