अध्यक्षले सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनैतीपूर्ण जिम्मेवारी मलाई दिएर हेरुन : योगेश भट्टराई

फाइल तस्बिर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले जोखिम र चुनैतीपूर्ण जिम्मेवारी आफूलाई दिएर परिक्षा लिन पार्टीका अध्यक्षलाई आग्रह गरेका छन् ।

केहिदिन अघि उनले फेसबुक मार्फत पार्टीभित्रका कार्यबिभाजनका सन्दर्भमा दिएको उपाएबारे पार्टीका नेता कार्यकर्ताले बधाई र शुभकामना दिएकोमा ध्यानाकर्षण भएको बताउदै सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनैतीपूर्ण जिम्मेवारी आफूलाई दिन भनेका हुन् ।

पार्टी स्थायी समिति सदस्य तथा सांसद समेत रहेका भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् : “हाम्रो पार्टी नेकपाको कार्यबिभाजनका सन्दर्भमा सामाजिक संजालमा यहाँहरुले मलाई दिनुभएको बधाई र शुभकामनाप्रति मेरो ध्यानाकर्षण भएको छ । त्यसका लागि सबैप्रति धन्यवाद र आभार ब्यक्त गर्दछु । पार्टीकामको जिम्मेवारीको टुङ्गो लागिसकेको छैन र मेरो जिम्मेवरीको औपचारीक जानकारी मलाई सुचित गरिएको छैन । पार्टीको कुनै पनि जिम्मेवारी सानो वा ठूलो भन्ने हुँदैन यो मेरो बिश्वास हो । जिम्मेवारी ब्यक्तिको योग्यता, क्षमता र उसको रुचीका आधारमा हुनुपर्दछ र निर्णय र मापदन्ड पारदर्शी होस् भन्ने मेरो मान्यता छ । सबैभन्दा अप्ठ्यारो, जोखिम र चुनैतीपूर्ण जिम्मेवारी मलाई दिन र त्यसबाट मेरो परिक्षा लिन् पार्टीका अध्यक्षद्वयलाई मेरो अनुरोध छ ।”

उनले केहिदिन अघि मात्र नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाईरहेको सन्दर्भमा निम्न बिषयमा पार्टी नेतृत्वको  ध्यानाकर्षण गएका थिए ।

१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६११:१५

आमासँगै गएका बेला डुबेर बालकको मृत्यु