काठमाडौँ : महाभारतमा कौरव र पाण्डवबीच युद्ध हुने तय भएपछि अर्जुन र दुर्योधन श्रीकृष्णसँग मद्दत माग्न द्वारिका गए। दुर्योधन अगाडी पुगे र त्यसपछि अर्जुन पुगे। त्यतिबेला श्रीकृष्ण सुतिरहेका थिए। त्यसकारण दुवै जना उनको निन्द्राबाट ब्युझाईको प्रतीक्षा गर्न लागे। केही समयपछि श्रीकृष्णले जब आँखा खोले तब उनले सर्वप्रथम अर्जुनलाई देखे। किनकी उनी श्रीकृष्णको पाऊ नजिक बसेका थिए। दुर्योधन माथि श्रीकृष्णको नजर परेन किनकी उनी शीर नजिक बसेका थिए।
अर्जुनले श्रीकृष्णसँग भने, ‘बासुदेव म तपाईसँग युद्धको लागि मद्दत माग्न आएको हुँ।’ त्यति नै बेला दुर्योधनले पनि भने कि कृष्ण म पनि युद्धको लागि मद्दत माग्न आएको हुँ र यहाँ म अर्जुन भन्दा अगाडी आईपुगेको हुँ। यसैकारण पहिले तपाईले मेरो मद्दत गर्नुपर्नेछ।
दुवैजनाको कुरा सुनेपछि श्रीकृष्णले भने, ‘अगाडी मैले अर्जुनलाई देखे तर तिमी यहाँ पहिले आएका हौँ। अब मैले दुवैजनालाई मद्दत गर्नुपर्नेछ। अब मसँग तिमीहरु दुईका लागि दुई विकल्प छन्। एकातिर म रहनेछु र अर्कातिर मेरा नारायणी सेना। तिमीहरु दुवै जना तय गर, कसलाई के चाहिन्छ। तर यो कुरा ख्याल गर कि म युद्धमा शस्त्र उठाउने छैन।’
अर्जुनले आफूलाई श्रीकृष्णको साथ चाहिने कुरा बताए। यो सुनेर दुर्योधन प्रसन्न भए किनकी उनलाई नारायणी सेना चाहिएको थियो। त्यतिबेला नारायणी सेनालाई सबैभन्दा घातक सेना मानिन्थ्यो। श्रीकृष्णले दुवैको इच्छा अनुसार मद्दत गर्ने सहमति जनाए।
दुर्योधनले गरे गल्ती
यस प्रसङ्गमा दुर्योधनले ठुलो गल्ती गरे। उनले श्रीकृष्णलाई छोडेर नारायणी सेना छनोट गरे। जब कि अर्जुनले श्रीकृष्णको साथ मागे। अर्जुनलाई यो थाहा थियो जता भगवान श्रीकृष्ण हुनेछन् त्यता जित पक्का हुनेछ। तर दुर्योधनलाई यो कुराको ज्ञान भएन। युद्ध बीच समय-समयमा श्रीकृष्णले पाण्डवको रक्षा गरे। दुर्योधनको यहीं गल्तीको कारण कौरवले हार बेहोर्यो।