७ दिनमै बनाइयो संसारकै पहिलो अन्डरवाटर मिलिट्री म्युजियम [तस्विर]

एजेन्सी, संसारकै पहिलो अन्डरवाटर मिलिट्री म्युजियम जोर्डनमा बनाइएको छ । यो दक्षिणी जोर्डनको लाल समुन्द्रमा २८ मिटर (९२ फिट) को गहिराईमा बनेको छ ।

सेनाले यहा युद्ध ट्यांक, सैन्य एम्बुलेन्स, हेलिकप्टर, युद्ध विमान, क्रेन र एन्टी एयरक्राफ्ट समेत १९ प्रकारको सैन्य उपकरण राखेको छ। खास कुरा के छ भने यो म्युजियम मात्र ७ दिनमा तयार गरिएको हो।

अकाबा स्पेशल इकोनोमिक जोन अथोरिटी (एएसईजेडए) ले बताए कि समय-समयमा यहाँ स्पेशल प्रदर्शनी लगाइन्छ।  म्युजियममा आएका मानिसहरुलाई  छुट्टै महसुस गराउने यसको उद्देश्य हो।  साथै मानिस समुन्द्री जीवको साथ सैन्य विरासतलाई अलग तरिकाले देख्न सकोस।

१५ देखि २० मिटर दुरीमा राखिएको छ उपकरण:


म्यूजियमको परियोजना बनाउने समयमा यो ध्यान राखिएको थियो कि स्क्यानिंग र  फोटो खिच्ने प्रक्रियामा समुन्द्री जीवन  प्रभावित नहोस। सतहबाट तल १५ देखि २० मिटर टाढा सैन्य अनुपयोगी उपकरणलाई राखिएको छ ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६१२:३९

खानै लाग्दा मासु प्लेटमै उफ्रिन थालेपछि उड्यो युवतीको होश-हवाश! [भाइरल भिडियो]