भोलि शनिबार यी ५ वस्तु किन्नु दुख र कष्ठ किने जस्तै हो !

ज्योतिष शास्त्र अनुसार शनिदेव निकै रिसालु देवताको मान्ने गरिन्छ। हरेक व्यक्तिले शनिवारको दिन विभिन्न समस्याहरुको सामना गर्नुपर्दा शनिदेवलाई सम्झिने गर्छन। उनीहरु यी समस्याबाट छुटकारा पाउनका निम्ति शनिवारको दिन विधिवत रुपमा शनिदेवको पूजा आराधना गर्ने गर्छन।

शनिदेवलाई एक न्यायप्रेमी भगवानको रुपमा समेत मान्ने गरिन्छ। यो भन्ने गरिन्छ कि शनिदेवले कुनै पनि व्यक्तिको कर्म अनुसारको फल दिने गर्नुभएको छ। त्यसैले कुनै पनि व्यक्तिले खराब काम गरेको खण्डमा ठूलो नोक्सान बेहोर्न पर्ने र जीवनमा सफलता हँसिल गर्न नसक्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। आज हामी तपाईहरुलाई शनिबार दिन गर्न नहुने केही कार्यहरुबारे बताउन जाँदै छौँ जुन गर्दा शनिदेव रिसउने र जीवनमा ठूलो दुख कष्ट आईपर्ने मान्यता मान्यता रहेको छ।

१. फलामको सामान : फलामलाई शनिको धातु मानिने भएकाले शनिबारको दिन फलामबाट बनेका कुनपनि सामग्री खरिद विक्री गर्नु हुँदैन। यस दिन यस्ता सामग्रीहरु खरिद वा विक्री गर्दा शनिदेव रिसाउने हुँदा विभिन्न दुख कष्ट आईपर्ने मान्यता रहीआएको छ।

२. तेल खरिद नगर्नुस : शनिबार तेल दान गर्नु अत्तिउत्तम मानिने तर बजारबाट खरिद गर्नुभने हुँदैन। तेल शनिदेवको अतिप्रिय मानिने गर्छ।यस दिन तेल खरिद गरि घरमा ल्याउँदा गरिबीका साथै विभिन्न रोगहरु निम्तिने गर्छ।

३. नुन खरिद नगर्नुस् : शनिबार बजारबाट नुन खरिद गरि घरमा लैजाँदा आर्थिक संकट आईपर्ने र जीवनभर ऋणले घेर्ने मान्यता रहेको छ।

४. अन्न पिस्न नदिनुहोस्ः शनिबार अन्न खरिद गर्नु र मिलमा पिस्न दिनु दुवै राम्रो हुँदैन। शनिबार यी कार्यहरु गर्दा परिवारका सदस्य बीच झैँ-झगडाको अवस्था सिर्जना हुने र यस दिन पिसेको पिठोले घरमा आर्थिक संकट निम्त्याउने मान्यता रहेको छ।

५. जुत्ता नकिन्नुहोस : शनिलाई खुट्टाको कारक ग्रह समेत मान्ने गरिन्छ जसकारण शनिबार जुत्ता खरिद गर्नु हुँदैन। यस दिन जुत्ता खरिद गर्दा विभिन्न रोगहरु वा स्वास्थ्य समस्या आउने मान्यता रहेको छ।

प्रकाशित : शुक्रबार, साउन १०, २०७६१२:३८

यी ४ राशि हुने युवतीहरुलाई मिल्छ धनि साथै बुद्धिमानी पति, कहिले पनि हुँदैन केहिको कमि !