काठमाडौँ – म्याग्दी एक गैरसरकारी संस्थाले कुहिएको अण्डा वितरण गर्नेगरेको खुल्न आएको छ।
मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले म्याग्दीका गर्भवती र सुत्केरी महिलाहरुलाई कुहिएको अण्डा वितरण गर्ने गरेको तथ्य सार्वजनिक भएको हो।
सुआहाराले ‘जीवनको महत्वपूर्ण क्षण’ नामक कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई वितरण गरेको अण्डा कुहिएको र गुणस्तरहिन भएको पाइएको छ। सुआहाराले प्रतिमहिला दुईसय रुपियाँ बराबरका अण्डा गरेपछि अधिकांश अण्डा सडेका र खान नहुने पाइएको हो।
अन्नपूर्ण गाउँपालिका-१ दोबामा एक स्थानीय सुत्केरीलाई दिइएको अण्डा सडेका भेटिएपछि सुआहाराले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य माथि खेलवाड गर्ने गरेको खुल्न आएको हो।
श्रीमतीलाई सुआहाराले दिएको अण्डा पकाउन खोज्दा सडेको पाइएको भन्दै अन्नपूर्ण गाउँपालिका-१का अमृत गर्बुजा सडेको अण्डाको तस्विरनै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्।