रियलको लज्जास्पद हार : रियलको पोस्टमा एट्लेटिले वर्षायो गोल !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड प्रि सिजनको मैत्रीपूर्ण खेलमा ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ७–३ ले पराजित भएको छ । एट्लेटिकोका लागि डिएगो कोस्टा एक्लैले ४ गोल गरेपछि स्टार खेलाडीले भरिएको रियलले अमेरिकाको न्यूयोर्कमा लज्जास्पद हार बेहोरेको थियो ।

खेलको पहिलो मिनेटमा नै कोस्टाले गोल गरेका थिए । आठौं मिनेटमा यसै सिजन एटलेटिको आएका जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । १९ औं मिनेटमा एन्जल कोर्रियाले स्कोर ३–० बनाए ।

त्यसपछि कोस्टाले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । अन्तिम मिनेटमा पेनाल्टीमा गोल गरेपछि कोस्टाले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे । रियलले इडेन हाजार्ड लगायत पहिलो रोजाइका खेलाडी नै उतारेको थियो ।

खेलको रोमाञ्चकता त्यत्तिमा सिमित रहेन । रातो कार्डको सामना गर्दै मैदान छाड्नुअघि कोस्टाले ५१ औं अर्को गोल थपे । ५९ औं मिनेटमा रियलका लागि नाचो फर्नान्डेजले गोल फर्काए । ६४ औं मिनेटामा कोस्टा र रियलका डानियल कार्भाजाल दुवैले रातो कार्डको सामना गरेपछि दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए ।

त्यसपछि पनि गोल गोल गर्ने क्रम रोकिए । एट्लेटिकोका लागि भिटोलोले गोल गरे । ८५ औं मिनेटमा रियलका करिम बेन्जेमाले पेनाल्टीमा गोल गरे भने खेल सकिन एक मिनेट बाँकी रहँदा रियलका जाभियर हर्नान्डेजले गोल गरे ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०३:३०

पारस चम्किएपछि नेपालको कीर्तिमानी जित