हिरोलाई २ वटा केरा ४४२ भारूमा बेच्दा फस्यो ५ तारे होटल, कर विभाले गरे यस्तो आग्रह…

एजेन्सी – हुनत तारे होटलहरु धेरै नै महँगा हुन्छन्। तारे होटलको बसाई देखि खुवाई सम्म महँगो हुन्छ। यहि कारणले गर्दा तारे होटलहरु सामान्य कमाई भएका व्यक्तिहरुको रोजाईमा पर्दैन। तारे होटलको महँगीले कहिले काहीं सेलिब्रिटीहरुलाई पनि अचम्मित बनाउने गरेको रहेछ। तारे होटलको महँगो अचम्मित भएका बलिउड अभिनेता राहुल बोसले केहि दिन अगाडी एक भिडियो नै सार्वजनिक गरेका थिए । उनले दुई वटा केरा मगाउँदा आएको बिलले अचम्मित भएपछि राहुलले सामाजिक संजाल मार्फत एक भिडियो सार्वजनिक गरेका थिए । जसमा उनले मात्रै दुई वटा केराको मूल्य भारू ४४२ परेको उल्लेख गरेका छन्।

भिडियो शेयर गर्दै उनले लेखेका छन्,”यो विश्वास गर्न तपाईंले यसलाई हेर्नुपर्छ । फलफूल तपाईंको अस्तित्वको लागि हानिकरण हानिकारक हुँदैन भनेर कसले भन्यो ? जे डब्लु मेरियट-चंडीगढ़का अद्भुत मानिसहरुलाई सोध्नुस्।”

ट्वीटसँगै पोस्ट गरेको भिडियोमा उनले अर्डर गरेको केरा र त्यसको बिल पनि देखाएका छन्। बिल देखाउँदै उनले भनेका छन्,”जसमा मैले दुई वटा केरा अर्डर गरेको थिएँ। हेर्नुस् दुई वटा केराको बिल।”

उनले यस्तो ट्विट गरेकी केहि दिनमै उत्पादन शुल्क तथा  कर विभाले चंडीगढ़को तारे होटल जे डब्लु मेरियटको केरामाथि जीएसटी लगाएको मामिलामा कारण बताउन नोटिस जारी गरेको छ । विभागले चंडीगढ़को सेक्टर-३५  स्थित  यस  होटललाई ट्याक्स लगाएको मामिलामा छिट्टै जवाव दिन आग्रह गरेको छ । उत्पादन शुल्क तथा  कर विभागका सहायक कमिश्नर राजीव चौधरीले चंडीगढ़ न्यूजलाइनसंग कुरा गर्दै भनेका छन् कि केरा फ्रेश फ्रूट क्याटगोरीमा पर्छ त्यसैले कुन आधारमा ट्याक्स लगाइयो त्यसको जवाफ छिट्टै दिन उक्त तारे होटललाई आग्रह गरेका छन् । साथै यस घटनामा ५ तारे होटललाई कारवाही हुने अनुमान गरिएको छ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०७:०६

आफ्नै साथीले बाथरुमको भिडियो बनाएपछि यी मोडलले गरिन रुदै यस्तो आग्रह…[भिडियो सहित]