काठमाडौँ – आगामी मंसिरसम्म नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना नभए स्वतन्त्र नागरिक समाजले आन्दोलन गर्ने गर्ने भएको छ।
हिन्दू राष्ट्र पुनर्स्थापना गर्न र राजसंस्थालाई भूमिकामा ल्याउन मंसिरसम्मको अल्टिमेटम दिँदै स्वतन्त्र नागरिक समाजले ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको हो।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बीच समाजका संयोजक हेमविक्रम सिलवालले लामो समयदेखि आफूहरुले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गराउन विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको स्मरण गर्दै यस्तो चेतावनी दिएका हुन्।
परम्परागत शक्तिलाई निषेध गर्न थालिएको प्रति उनको असन्तुष्टि छ। परम्परागत शक्तिमाथि निषेधको राजनीति भएको बताउँदै उनले २१ औं शताब्दीमा पनि निषेधको राजनीति हुनु दुखद रहेको बताए।
“२१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेको छ।”,उनले भने,”परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो।।”