कुवेतलाई नेपालले हराउँदा बने यस्ता ४ कीर्तिमान

सिंगापुर  – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सनिवार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । कुवेतमाथि सहज जित निकाल्ने क्रममा नेपालले ४ नयाँ कीर्तिमान पनि कायम गरेको छ ।

आजको जितसँगै नेपाललाई अघिल्लो चरण झनैं सहज बनेको छ । आइतबार सिंगापुरलाई पराजित गर्न सके ग्लोबल छनोटमा स्थान बनाउने छ । वर्षाको कारण रद्ध हुन पुगे वा हारे भने नेपाल बाहिरिने निश्चित छ । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालले सहज जित निकाल्नेक्रममा यी ४ कीर्तिमान खेलाडी र टिमका नाममा बनेका छन् ।

४. सर्वाधिक चौका

पारस नेपालको तर्फबाट टी२० आईमा एकै खेलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी बनेका छन् । कुवेतलाई पराजित गर्ने क्रममा पारसले ६८ रन बनाउन ११ चौका र १ छक्का प्रहार गरे । यस अघि पारसले दुई साता अघि मलेसियासँगको पहिलो टी ट्वान्टी खेलमा ८ चौका र ५ छक्का सहित कुल ८६ रनमा अविजित रहेका थिए । पारसको टी २० आईमा तेस्रो शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान हुन् ।

३. सर्वाधिक छिटो जित

नेपालले कुवेतलाई पराजित गर्ने क्रममा २५ बल अगाडीनै जित पक्का गर्यो । जुन टी २० आईमा नेपालले सर्वाधिक छिटो पुरा गरेको हो । यस अघि नेपालको सर्वाधिक छिटो जित दुई हप्ता अघि मलेसियासँगको पहिलो टी २० खेलमा १ सय २९ रनको लक्ष्य ९ बल अगाडी थियो । जुन रेकर्ड आज तोडेको हो ।

२. दोस्रो विकेटका लागि उच्च साझेदारी

नेपाललाई सहज जित दिलाउन कप्तान पारस खड्का र शरद भेषवकरले दोस्रो विकेटका लागि ७८ रनको उत्कृष्ट साझेदारी गरे । जुन नेपालबाट टी २० आईमा दोस्रो विकेटका लागि उच्च साझेदारी पर्दछ । यस अघि सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले दोस्रो विकेटका लागि गरेको ३२ रनको साझेदारी गरेका थिए । टी २० मा सर्वाधिक ठूलो साझेदारी नेपालको तर्फबाट पारस र शरदले सन् २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध गरेको ८५ रन रहँदै आएको छ ।

१. सर्वाधिक ठूलो लक्ष्य पुरा

नेपालले कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा १ सय ४२ रनको लक्ष्य पुरा गर्यो । टी २० आईमा नेपालले पुरा गरेको सर्वाधिक ठूलो लक्ष्यमा पर्दछ । यस अघि नेपालले सन् २०१५ मा नेदरल्यान्डसँगको चार टी २० सिरिज अन्तर्गत चौथो खेलमा पारसकै अर्ध शतकमा १ सय ४० रनको लक्ष्य ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०७:१५

सिंगापुरसँग नेपालको लज्जास्पद हार, विश्वकप खेल्ने सपना समाप्त !