मोदीको नेपाल मोहलाई प्रयोग गर्न सक्नुपर्छ भन्छन् नेपाली कांग्रेसका नेता

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राजदुत दिपकुमार उपाध्यायले मोदीको नेपाल मोहलाई नेपालले उपयोग गर्नुपर्ने बताएका छन्।

शनिबार एक निजी रेडियोमा अन्तर्वार्ता दिने क्रममा भारतका लागि पूर्व नेपाली राजदुत समेत रहेका उपाध्यायले नेपालप्रति मोदीको असाध्यै धेरै राम्रो मोह रहेको उल्लेख गर्दै त्यसलाई उपयोग गर्न सक्नु पर्ने बताएका हुन्।

मोदीको नेपाल मोहलाई सकारात्मक ढंगबाट लिइनुपर्ने र मोदीको नेपाल मोहलाई बुझेर भारतबाट नेपालले धेरै फाइदा लिन सकिने उनको बुझाइ छ।

बिगतमा भन्दा अहिले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध राम्रो रहेको हुँदा आगामी दिनमा पनि सम्बन्ध अझ राम्रो बनाउँदै लैजानु पर्ने उनले बताए।

“अहिले त राजनीतिक तहको सम्बन्धपनि स्थापित भएको छ । अब यसलाई कति राम्रो गर्ने भन्ने त हाम्रोपनि भूमिका हुन्छ नि ।”,विगतभन्दा अहिले सबै संयन्त्रहरु सञ्चालित र सुचारु रहेको उल्लेख गर्दै उनले भने।

यस्तै उनले भारतसँगको नेपालको व्यापार घाटा ठूलो रहेको हुँदा त्यसलाई घ्ताउना तर्फ लग्नु पर्नेमा उनको जोड छ। व्यापार घाटा घटाउनको लागि नेपालले अब प्याकेजमा कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ।

प्रकाशित : शनिबार, साउन ११, २०७६०८:०१

प्रधानमन्त्री केपी शर्मा ओलीको बुद्धि बंगारा खुस्कियो !