प्रधानमन्त्री केपी शर्मा ओलीको बुद्धि बंगारा खुस्कियो !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रब्रा राति मात्रै आफ्नो बुद्धि बंगारा खुस्किएको खुलासा गरेका छन्।

शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले शुक्रबार राति मात्रै आफ्नो बुद्धि बंगारा खुस्किएको बताएका हुन्।

निर्धारित कार्यक्रममा लगभग १ घण्टा ढिला पुगेका ओलीले आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको सुनाउँदै आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा खुस्किएको सुनाएका हुन्।

“म ६७ वर्षको हुनलागे । हिजो बेलुका मेरो दिहिने पट्टीको माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति असत्त भएको रहेछ ।”, ओलीले भने।

लगभग १ घण्टा भाषण गरेका ओलीले आफूलाई नक्कली विरामी रहेछ भन्न सक्ने हुँदा आफ्नो समस्या सुनाएको बताएका छन्।

प्रकाशित : शनिबार, साउन ११, २०७६०८:१०

जनताले पैसामा विदेश घुम्नु ठिक होइन भन्दै जनमोर्चाले रोक्यो वडाध्यक्षको जापान भ्रमण !