ह्यान्डसम भएर के गर्नु भाग्यले साथ नदिएपछि : यी हुन् भाग्यले ठगेका १० बलिउड अभिनेताहरु !

काठमाडौँ : फिल्म उद्योगमा हरेक वर्ष नयाँ-नयाँ अभिनेताहरु भित्रिन्छन्। आज हामी चर्चा गर्ने छौं भारतीय फिल्म उद्योग बलिउडको बारेमा। नयाँ भित्रिएका अभिनेताहरु मध्ये केही आफ्नो अभिनयको दमले आफ्नो सिक्का जमाउन समर्थ हुन्छन् त केही फ्लप भई घरमै बस्न बाध्य हुन्छन् या त साना-तिना रोलमा चित्त बुझाउन बाध्य हुन्छन्। तर यी १० बलिउड अभिनेता ह्याण्डसम भए तापनि बलिउडमा केही खास गर्न सकेनन् र चाँडै उनीहरु फ्लप साबित भए।

• अफताब शिवदसानी

ह्याण्डसमको मामिलामा एक-से-एक अभिनेताहरुलाई मात दिने अभिनेता अफताब शिवदसानीले आफ्नो फिल्मी करियरको सुरुवात बालकलाकारको रुपमा फिल्म ‘मिस्टर इन्डिया’ बाट गरेका थिए। त्यस पछि अभिनेताको रुपमा फिल्म ‘मस्त’ मा देखिए। त्यस्तै फिल्म ‘लव के लिए कुछ भी करेगा’, ‘कसूर’ र ‘फुटपाथ’ मा पनि देखिए। तर उनको एक पनि फिल्म सुपरहिट साबित भएनन्। त्यस पछि उनी आफ्नो ३० वर्षको फिल्मी करियर पछि सहायक भूमिकामा पनि देखा परे।

• डिनो मोरिया

डिनोले सन् १९९९ मा रिलिज भएको फिल्म ‘प्यार में कभी-कभी’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका हुन्। त्यस पछि उनी सन् २००० मा सुपरहिट फिल्म ‘राज’ मा देखिए। तर त्यस पछि उनको कुनै पनि फिल्मले बक्स अफिसमा कमाल गर्न सकेनन्। त्यस पछि उनी थुप्रै फिल्महरुमा सहायक भूमिकामा देखिए। डिनो अन्तिम पटक सन् २०१४ मा प्रदर्शित फिल्म ‘ह्याप्पी न्यु ईयर’ मा एक सानो रोलमा देखिएका थिए।

विवेक ओबेरोय

सन् २००२ मा रिलिज भएको फिल्म ‘कम्पनी’ बाट दर्शकमाझ आफ्नो अभिनय छाप छोड्न सफल ह्याण्डसम अभिनेता विवेक ओबेरोयले पनि केही खास कमाल देखाउन सकेनन्। यद्यपि विवेकले ‘दम’, ‘ओमकारा’, ‘मस्ती’ जस्ता हिट फिल्महरु दिएका छन् तर पनि उनलाई कहिल्यै पनि एक सुपरस्टारको रुपमा हेरिएन्।

• अर्जुन रामपाल

मोडेल तथा अत्यन्तै ह्याण्डसम अभिनेता अर्जुन रामपाल पनि अधिकांस फिल्महरुमा सहायक भूमिकामा देखिएका छन्। अर्जुनले आफ्नो फिल्मी करियरको सुरुवात सन् २००१ मा रिलिज भएको मल्टिस्टारर फिल्म ‘प्यार इश्क और मोहब्बत’ बाट गरेका थिए। त्यस पछि उनी फिल्म ‘दिवानापन’ मा अभिनेताको रुपमा देखिए। यो फिल्मले बक्स अफिसमा धमाका मच्चायो। अर्जुन अभिनेत्री ऐश्वर्या राय बच्चनसँग फिल्म ‘दिल का रिश्ता’ मा देखिएका थिए। यस फिल्मका सबै गीत हिट साबित भएका थिए तर फिल्मले आशा अनुरुप कमाल देखाउन सकेन्। त्यस पछि अर्जुन ह्यान्डसम भए तापनि फिल्ममा सपोर्टिंग रोल गर्न सुरु गरे। अर्जुनले फिल्ममा लामो यात्रा तय गरेका भए पनि स्टारडम भने हासिल गर्न सकेनन्।

• जुगल हंसराज

४५ वर्षीय ह्याण्डसम अभिनेता जुगल हंसराजलाई मानिसहरु ब्लकबस्टर फिल्म ‘मोहब्बतें’ बाट चिन्छन्। तर यस फिल्ममा उनी एक सपोर्टिंग रोलमा देखिएका थिए। फिल्ममा प्रमुख भूमिकामा अभिनेता शाहरुख खान थिए। जुगलले सन् १९८३ मा रिलिज भएको फिल्म ‘मासूम’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए। तर थुप्रै फिल्महरुमा काम गरे सकेपछि जुगलले सुपरस्टारको जस्तो सफलता हात पार्न असमर्थ भए। उनले फिल्म ‘हुकूमत’ र ‘कर्मा’ पनि काम गरेका छन्। उनी अन्तिम पटक सन् २०१६ मा प्रदर्शित फिल्म ‘कहानी २’ मा देखिएका थिए।

• राहुल रोय

९० को दशकको ह्याण्डसम ब्वाय राहुल रोय पहिलो फिल्म ‘आशिकी’ बाटै सुपरस्टार साबित भएका थिए। तर त्यस पछिका उनका सबै फिल्महरु फ्लप भए। फिल्म ‘जुनून’ मा पनि उनको कामको प्रशंसा गरिएको थियो। थुप्रै फिल्महरुमा काम गरिसकेपछि उनी बलिउडबाट एक्कासी अलप भए। उनले रियालिटी शो ‘बिग बोस’ को पहिलो सिजनको ताज आफ्नो नाम गरेका थिए। त्यस पछि उनी सन् २००७ मा भारत छोडी अस्ट्रेलिया गए, जहाँ उनी ८ वर्षसम्म बसे। राहुल आगामी फिल्म ‘वेलकम टु रसिया’ मा देखिने भएका छन्।

फरदीन खान

सन् १९९८ मा फिल्म ‘प्रेम अग्न’ बाट आफ्नो फिल्मी करियर सुरुवात गरेका अभिनेता ह्याण्डसमको मामिलामा कुनै अभिनेता भन्दा कम छैनन्। सन् २००0 मा उनी फिल्म ‘जंगल’ मा देखिएका थिए। सन् १९९८ देखि २०१० सम्ममा थुप्रै फिल्महरुमा काम गरे तापनि उनको कुनै पनि फिल्म हिट साबित भएनन्। उनी अन्तिम पटक सन् २०१० मा रिलिज भएको फिल्म ‘दूल्हा मिल गया’ मा देखिएका थिए। तर यो फिल्म पनि बक्स अफिसमा फ्लप फिल्म साबित भएको थियो।

जायद खान

अभिनेता सञ्जय खानका छोरा जायद खानले सन् २००३ मा फिल्म ‘चुरा लिया है तुमने’ बाट बलिउडको दुनियाँमा कदम राखेका थिए। यदि जायदको ह्याण्डसमको कुरा गर्ने हो भने लामो कदका अभिनेता हुन्। तर उनको फिल्मी करियर हेर्ने हो भने केही विशेष छैन। उनी आफ्नो अधिकांस फिल्ममा फ्लप साबित भए। उनले शाहरुख खानसँग ‘मैं हूं ना में’ मा भाईको भूमिका निर्वाह गरेका थिए। यद्यपि फिल्ममा मानिसहरुका ध्यान जायदमा गएको त थियो तर पनि उनले सफलता हासिल गर्न सकेनन्।

जोन अब्राहम

सुगठित शरीर अनि ह्याण्डसम अभिनेता जोन अब्राहमका फिल्महरु खासै नचले पनि उनको दमदार बडीको नौजवान दीवाना छन्। जोनले सन् २००३ मा रिलिज भएको फिल्म ‘जिस्म’ बाट बलिउडमा कदम राखेका थिए। यसै वर्ष फिल्म ‘साया’ मा पनि उनी देखिए। तर उनले वास्तविक पहिचान सन् २००४ मा रिलिज भएको सुपरहिट फिल्म ‘धूम’ बाट पाए। १५ वर्षको फिल्मी करियरमा जोनले थुप्रै फिल्महरुमा काम गरे तर कुनै पनि फिल्म हिट साबित भएनन्।

मिलिन्द सोमन

सन् १९९७ देखि १९९८ टिभी सिरिज ‘सि हक्स’ बाट सबैका ध्यान आफूतर्फ खिच्न सफल अभिनेता तथा मोडेल मिलिन्द सोमनको ह्यान्डसमको जति तारिफ गरे पनि कम हुन्छ। तर उनको यो ह्याण्डसमले उनलाई ठुलो सफलता हासिल गराउन सकेन्। तर म्युजिक एल्बम ‘मेड इन इन्डिया’ बाट सबैलाई आफ्नो दीवाना बनाएका मिलिन्द बलिउडमा कहिल्यै सफल हुन् सकेनन्। उनले सन् २००० मा रिलिज भएको फिल्म ‘तरकीब’ बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए। उनले १६ डिसेम्बर, जुर्म, प्यार की धुन जस्ता थुप्रै फिल्महरुमा काम गरिसकेका छन्। उनी अन्तिम पटक सन् २०१७ मा रिलिज बहेको फिल्म ‘शेफ’ मा देखिएका थिए। एजेन्सी

प्रकाशित : शनिबार, साउन ११, २०७६१०:२४

यी ५ फिल्ममा देखिएको सुन्दरताको कारण लोकप्रिय नायिका बनिन् ऐश्वर्या ! [तस्विर सहित]