बलिउडका सलमान खानको व्यक्तित्वलाई प्राय सबैले मनपराउने गर्दछन् । अविवाहित रहेका सलमानको विषयमा विवाहको विषयमा धेरैनै चर्चा हुने गर्दछ ।
उनले धेरै नाम चलेका बलिउडका नायिका तथा मोडलसगँ काम गरेका छन् । काम गरेसगैं सलमानको नाम ती नायिका तथा मोडलसगँ जोडिएर आउँथे ।
रोमानियाकी मोडल तथा कार्यक्रम प्रस्तोता युलिना भन्तुरसँग सलमान नजिक रहेको बताउने गरिन्छ । यस भन्दा अगाडी सलमानको थुप्रै प्रेम सम्बन्ध स्थापित गरेका थिए । तर त्यो लामो समय सम्म टिकाउ भने भएन । अहिले सम्म उनको कति जनासगँ सम्बन्ध स्थापित भयो र टुट्यो त ?
१.संगीता बिजलानीः
सलमान खानको जीवनमा धेरै महिलाहरु आएपनि विवाहको चर्चा भने संगीता बिजलानीसँग चलेको थियो ।
सलमानको संगीतासगँ सन् १९९४ मा विवाह गर्ने तयारी भएको थियो, यहि बिचमा संगीतालाई सलमानको अफेयरको बारेमा थाहा भयो त्यसपछि दुवैले अलग बाटो रोजेका भारतीय सञ्चार माध्यमले जनाएका हुन् । उनीहरु दुईको बिहेको कार्ड समेत छापेको कुरा बताइन्छ ।
यीनीहरु दुई बिच अहिले साथीको सम्बन्ध कायम छ ।
२.सोमी अलीः
सोमीले करिब १९ वर्षको उमेरमा बलिउडमा डेब्यु गरेकी हुन् । सलमान उनीसगँ निकै सिरियस भएको खबर छ । भारतीय मिडियाका अनुसार सलमान त्यतिबेला सोमीको सुन्दरताका कारण सलमान फिदा हुन्थे र सोमीमाथि अधिकार समेत जमाउँथे ।उनीहरुले करिब ६ वर्षको प्रेमसम्बन्धमा अलग बाटो रोजेका हुन् ।
३.ऐश्वर्या रायः
सलमान विश्व सुन्दरी ऐश्वर्या रायसगँ पनि प्रेम सम्बन्धमा थिए, फिल्म ‘हम दिल दे चुके सनम’ बाट उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको बुझिन्छ । सलमानले ऐश्वया माथि अत्याधिक अधिकार जमाउन थालेपछि उनीहरुको सम्बन्ध टुट्यो । एश्वर्याले सलमान माथि हात उठाएको आरोप पनि लगाइन् । ब्रकअप पछि एश्वर्याको घरमा सलमान गएको कारणले गर्दा उनले पुलिसलाई बोलाउनु परेको बताइन्छ, तर सलमाले त्यो कुरालाई अस्वीकार गर्दछन् ।
४.स्नेहा उल्लाल
स्नेहाको अनुहार ऐश्वर्यासगँ मिल्दोजुल्दो रहेको छ । जब सन् २००५मा ‘लकी–नो टाइम फर लभ’ रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडी भारतिय मिडियाले निकै अचम्मको कारण बताएका थिए । उनीहरुको प्रेम सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।
५.कट्रिना कैफः
सलमानले कट्रिनालाई बलिउडमा स्थापित गर्नको लागी निकै ठुलो सहयोग गरेका थिए । सलमान कट्रिनाको विषयमा निकै गम्भिर थिए । कट्रिनालाई सलमानले आफ्नो परिवारको सदस्यको जस्तो व्यवहार गर्दर्थे । सलमानको परिवारले पनि कट्रिनालाई मनपराउँथे, तर सलमानको अत्याधिक हक जमाउने कारणले गर्दा कट्रिनाले ब्रेकअप दिएको बताइन्छ ।
६.जरिन खानः
जरिनको अनुहार कट्रिनासँग मिल्दोजुल्दो थियो । सलमानले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिकाको रुपमा काम गर्ने अवसर दिएका हुन् । उनीहरुको फिल्म पनि चलेन भन सम्बन्ध पनि अघि बढ्न सकेन ।