सूर्यविनायकमा मोटरसाइकलले बालकलाई ठक्कर दियो, अस्पतालमा मृत्यु !

सांकेतिक तस्विर

काठमाडौँ – मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा शनिबार एक जनाको मृत्यु भएको छ।

भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलले ठक्कर दिँदा ९ वर्षीय १ बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुरका ९ वर्षीय दिप श्रेष्ठ रहेका छन्।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा दिपलाई ठक्कर दिएको बताइएको छ।

ठक्कर पछि गम्भीर घाइते भएका दिपलाई तत्कालै उवामुरा अस्पताल पुर्याइएको भएता पनि उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्ति जगातीले जनाएको छ।

यस्तै ठक्कर दिएर भागेका महानगरीय प्रहरी वृत्ति जगातीले नियन्त्रणमा लिसकेको छ। बालकलाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटना भएर घाइते भएकी पछाडि सवार एनी गुरुङको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१२:२१

नारायणी नदीमा सम्झना गुरुङ बेपत्ता