घरको मुलद्धारमा यस्ता वस्तुहरु राख्दा लाग्दैन कसैको नजर !

वास्तु शास्त्रमा उल्लेख गरिएको छ कि घरको सबैढोका मध्ये एउटा ढोका मुलढोका हुनुपर्दछ । सबैको घरमा मुलढोका वा गेट हुन्छ, यसलाई अर्को शब्दमा मुलद्धार पनि भनिन्छ ।

घर कत्तिको सफा छ भन्ने कुरा मुलढोकाबाट आकलन गर्न सकिन्छ । यदि कसैको मुल गेट वा मुल ढोका सफा छ भने त्यस घरलाई पवित्र घरको रुपमा लिइन्छ । मुलढोका या गेट कस्तो हुनुपर्दछ भन्ने बारेमा धेरैलाई जानकारी छैन् । खासगरी घरको मुख्य गेट पहेलो मरुन वा सिन्दुर कलरको हुनुपर्दछ । यस्तो कलरले घरलाई निकै पवित्र बनाउँछ ।

पछिल्लो समयमा रोजगारीको लागी आफ्नो घर छाडेर अरुको घरमा बस्नेको संख्या धेरै छ । भाडामा बस्ने धेरैको प्रश्न छ, के गर्ने ? तपाई भाडामा बस्दैहुनुहुन्छ कुनै रंग पन्टिङ वा तस्विर ढोकामा राखेमा राम्रो हुन्छ । वास्तु शास्त्रमा घरलाई शुभ बनाउनको लागी शुभ चिन्ह, बिरुवा र तोरणले महत्वपूर्ण भुमिका खेल्छ भनिएको छ । शुभ चिन्ह, बिरुवा र तोरण कस्तो हुनुपर्दछ त ?

१. शुभ चिन्ह घरको लागी शुभ चिन्ह भनेको ओम र स्वस्तिक चिन्ह हो । यस्तो चिन्ह घरको मुलढोका वा गेटमा हुनुपर्दछ । ओम र स्वस्तिक चिन्हसगैं शुभलाभ भनेर लेख्नुपर्दछ । यसो गर्नाले घरमा कसैको पनि नजर लाग्दैन् । यस्तो चिन्ह बनाउन गाहे लाग्नेले स्टिकर्स राख्न सक्नेछन् ।

२.बिरुवा घरमा कस्ता बिरुवा रोप्ने भन्ने प्रश्न धेरैको रहेको छ । घरको मुल गेट नजिकै तुलसीको बिरुवा रोप्नुपर्दछ । तुलसीले घरमा नकारात्मक शक्तिको प्रवेशमा रोग लगाउन मद्दत गर्दछ । यसबाहेक चमेलीको फूल पनि रोप्न सक्नुहुन्छ । यस्तो फूलले वास्तुशास्त्रको दोषलाई हटाई मन शान्त र फ्रेस बनाइदिन्छ ।

३.तोरण घरमा तोरण लगाएमा पछिल्लो समयमा फोहोर हुन्छ भन्ने मान्यता रहेको छ । यहिकारणले गर्दा कुनै पूजाआर्जा कार्य सम्पन्न पछि तोरण लगाएको केहि दिनमै निकाल्दछन्,तर तोरणले घरमा रहेका सदस्यको स्वस्थलाई बिग्रन दिदैन् । त्यसैले घरमा तोरणको प्रयोग गर्नुपर्दछ ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१३:००

भोलि साउन महिनाको दोस्रो सोमबार: यसरी गर्नुहोस शिवलिङ्गको पूजा!