नारायणी नदीमा सम्झना गुरुङ बेपत्ता

सांकेतिक तस्विर

नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८ सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन् ।

उनी आज दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ । नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ ।

अर्को समाचार…

भोजपुर- जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवासुविधा कटाएर मृतकका परिवार राहत दिएका हुन् ।

उनीहरुले सङ्कलन गरेको रु ७७ हजार ९४० प्रतिमृतक रु १५ हजार ५८८ का दरले आज वितरण गरिएको छ । सेवासुविधावापत समन्वय समिति प्रमुखबाट रु १७ हजार, उपप्रमुखबाट रु १२ हजार ५०० र प्रतिसदस्य रु छ हजार ९२० का दरले सङ्कलन गरी एकै परिवारका तीनसहित पाँच मृतकका परिवारलाई राहत रकम वितरण गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

पहिरोमा परी गत असार २८ गते टेम्केमैयुङ गाउँपालिका वडा नं ९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विक, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासीखोराका ६६ वर्षीय जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका वडा नं ५ मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीया श्रीमती मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई, १५ वर्षीय छोरा शक्तिकुमार राईको ज्यान गएको थियो ।

प्रकाशित : शनिबार, साउन ११, २०७६१३:०७

काठमाडौँ आउँदै गरेको टाटोसुमो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते !