एजेन्सी – पृथ्वी साँचै नै अजिव छ। यहाँ अनेक प्रकारका वनस्पति मात्र नभई जीव पनि छन्। पृथ्वीमा सामान्य देखिने मात्र नभई अजिव देखिने जीवहरु पनि छन्।
पृथ्वीमा अन्य ग्रहबाट आएका जस्तै देखि अजिव जीवहरु बारे केहि जानकारी निम्न छन्।
नेकेड मोल र्याट
नेकेड मोल र्याट विशेषतः पूर्वी अफ्रीकामा पाइन्छ। यो एक प्रकारको मुसा रहेको छ। यस मुसाको शरीरमा खासै कपाल हुँदैन। साथै यसको छाला पनि अन्य मुसा भन्दा धेरै फरक देखिन्छ।
साइगा एन्टीलोप
देख्दा हरिण जस्तै दिने यस जीव धेरै नै अजिव देखिन्छ। रूस र कजाकिस्तान जस्ता देशहरुमा पाइने साइगा एन्टीलोपको नाक अन्य हरिण भन्दा धेरै नै फरक हुन्छ।
पिन्क फेयरी आर्माडिलो
देख्दा मुसा जसतै देखि पिन्क फेयरी आर्माडिलो मुसा भने होइन। शरीरको माथिल्लो भागमा एक छुट्टै पत्र जस्तो देखिने यस जीव खन्ने मामलामा धेरै छिटो हुन्छ। जमिन खनेर माटो मुनि बस्ने यस जीव पनि धेरै अजिव देखिन्छ।
लैम्प्रे माछा
आर्कटिक महासागरमा पाइने लैम्प्रे माछा धेरै नै अजिव देखिन्छ । यो माछा देख्दा धेरै नै अजिव देखिन्छ। आफ्नो तिखा दाँत र लामो जिब्रो प्रयोग गरेर यस जीवले शिकार गर्छ। चपाउन भन्दा पनि यस जीवले शिकारलाई दाँतमा अड्काएर राख्ने गर्छ अनि आफूलाई चाहिने तत्वहरु चुसेर लिने गर्छ।
स्टार नोज मोल
अजिव नाक सहितको यस जीव धेरै नै डरलाग्दो देखिन्छ। तारा जस्तै देखिने यस जीवको नाक भएकै कारण यस जीवको नाम स्टार नोज मोल रहन गएको हो। थोरै अक्सिजन भएको ठाउँमा पनि यो जीव बाँच्न सक्छ। त्यति मात्र नभई यस जीव नाकलाई खाने चीज पत्ता लगाउन पनि प्रयोग गर्छ।