भोलि हप्ताको पहिलो दिन तपाईको कस्तो बित्ला ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईले आफ्नो परिवारको स्वास्थ्यको लागि समय मात्र नभई अर्थ पनि खर्च गर्नु पर्ने हुन सक्ला। भोलि वाद-विवाद वा बौद्धिक चर्चा देखि टाढा रहनु भएको उचित हुन सक्ला। तपाईको आफ्नै व्यवहारको कारण कतै पनि कदर नहुन सक्ला। पाचन सम्बन्धि समस्याले सताउनेछ भने खर्चमा नियन्त्रण राख्न आवश्यक देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रफुल्लितता, स्फूर्ति र आनन्दले भरिपुर्ण रहने हुँदा भोलिको दिन धेरै लाभदायक रहन सक्ला। स्वास्थ्यमा सुधार हुनेछ भने भोलि आर्थिक रुपमा पनि भोलिको दिन धेरै शुभ रहन सक्ला। धेरै समय देखि छुटिएका मित्रजनसँग भेट हुन सक्ला। खेलकुदमा रुची बढ्न सक्ला भने कलाकारहरुको लागि पनि भोलिको दिन शुभ रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईलाई अनैतिक कार्यबाट दुख मिल्न सक्ला। भोलि तपाईको स्वास्थ्यको लागि खर्च बढेर जाने देखिन्छ। भोलि तपाईको व्यवसायिक यात्रा असफल रहन सक्ला। भोलि सकेसम्म लामो दुरीको यात्रा नगरेकै उचित रहने देखिन्छ। आकस्मिक धन व्ययको योग रहेको भोलिको दिन खासै उपलब्धिमुलक रहने देखिन्न। भोलि तपाईको मान हनी समेटा हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईको हरेक कार्य सफल हुने देखिन्छ। आफ्नो बोलिमा रहेको मिठासको कारण सम्पूर्ण कार्य सफल बनाउन मद्दत गर्नेछ। तपाईमा दृढ़ आत्मविश्वास र मनोबल रहन सक्ला। भोलि स्वास्थ्यके साथ दिनेछ। प्रेम जीवन पनि भोलिको दिनमा प्रगाड हुनेछ। परिवारसँग यात्रा गर्ने मौका मिल्नाले खर्च बढ्न सक्ला। तर भोलि आर्थिक रुपमा समस्या हुनेछैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाईमा कुनै पनि कार्य फत्ते गर्ने जाँगर नहुने देखिन्छ। निर्धारित कार्य समयमा सम्पन्न नहुँदा दैनिकीनै प्रभावित हुन सक्ला। समयमा निर्णय गर्न नसक्दा आयआर्जनका विविध स्रोत फेला पर्नेछ। आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नाले अरुको मुख ताक्नु पर्ने अवस्था आउन सक्ला। भोलि तपाईले यात्रा गर्दा पनि संयम रहनु पर्ने देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाई रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सफल रहनु हुने देखिन्छ भने भोलिको दिन तपाईको मनोरन्जन केन्द्रित रहन सक्ला। भोलि तपाईबाट प्रतिष्ठा बढ्ने कार्य सम्पन्न हुने योग रहेको छ। भोलि तपाईको निर्धारित कार्य समयमा सफल रहन सक्ला। भोलि तपाईलाई अरूका कमजोरीबाट फाइदा उठाउने मौका मिल्न सक्ला। शारीरिक र मानसिक स्वास्थ्य राम्रै रहने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिन धेरै अनान्दपूर्वक व्यतित हुने देखिन्छ। विभिन्न प्रकारका भौतिक सुख प्राप्त हुनेछ। भोलि धार्मिक कार्य प्रति पनि लगाभ बढ्नाले मनमा शान्ति रहीरहन सक्ला। योजना अनुसार निर्धारित कार्य पूरा हुन सक्ला। भोलि कृषिको क्षेत्रमा पनि उल्लेख्य फाइदा मिल्न सक्ला। अध्ययनमा रुची बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आफ्नो कार्यपद्धतिको कारण तपाईलाई चर्चा मिल्न सक्ला। मनोवल दृढ हुनाले जुनै पनि कार्य सफल रहन सक्ला। भोलि प्रेमीबाट विशेष उपहार प्राप्त हुने देखिन्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुन सक्ला। भोलि तपाईलाई कानुनी रुपमा पनि लाभ मिल्ने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाईले आफ्नो स्वभाव सामान्य राख्नको लागि कोशिस गर्नु पर्ने देखिन्छ। सामाजिक छबि कायम राख्नको लागि तपाईले आफ्नो बोलि मात्र नभई व्यवहारमा नियन्त्रण राख्न आवश्यक हुनेछ। भोलि तपाईको व्यवसायमा सरकारी स्तरबाट रोक-तोक हुन सक्ला। कानुनी कार्य गर्दा पनि संयम रहनु होला। यात्रा सुखद हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि परिवारबाट हरेक तरिकाको साथ र सहयोग मिल्ने देखिन्छ। भोलि तपाईलाई यात्रामा पनि आफ्नैहरुबाट सहयोग मिल्न सक्ला। भोलिको दिन द् दैनिकी भन्दा फरक हुन सक्ला। दैनिक कार्य देखि टाढा रहेर मनोरन्जन गर्ने मौका मिल्न सक्ला। भोलिको दिन सामाजिक कार्य प्रति केहि उदार रहन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाईमा आध्यात्मिकता बढेर जाने देखिन्छ भने भोलि तपाईको धार्मिक यात्रा पनि हुने देखिन्छ। भोलि तपाई धार्मिक कार्यमा सहभागी रहने मौका मिल्ने देखिन्छ। लगानीकर्ताको लागि समय एकदमै शुभ देखिन्छ। भोलि तपाईलाई शुभ समाचार मिल्न सक्ला। भोलि वैदेशिक यात्रा गर्नको लागि पनि एकदमै शुभ देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको दिन खासै शुभ देखिन्न। भोलि तपाईको निर्धारित कार्य सफल हुन गार्है पर्ने देखिन्छ। प्रतिकूलताले तपाईको हरेक कार्यमा असर गर्न सक्ला भने भोलि तपाईले सामान्य कार्य सफल गर्नको लागि पनि भोलि तपाईको परिश्रम गर्नु पर्ने देखिन्छ। भोलि तपाईलाई स्वास्थ्यले पनि खासै साथ नदिने देखिन्छ। भोलि तपाईलाई अध्ययनमा भने सफलता मिल्न सक्ला।

प्रकाशित : शनिबार, साउन ११, २०७६१४:०२

आज हप्ताको पहिलो दिन तपाईको कस्तो बित्ला ? हेर्नुहोस् दैनिक राशिफल !