लोकसेवा आयोग भनसुन उद्योग बन्दै, जसको भनसुन हुन्छ, उसको चल्छ – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकसेवा आयोगप्रति नै गम्भीर प्रश्न उठाएका छन् । उनले लोकसेवालाई लक्षित गर्दै मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रहको राजधानीमा लोर्कापण गर्दै सभापति देउवाले नेपालमा सबैभन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाउँदै गएको बताए । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ ।

‘नेपालमा सबैभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ, उसको चल्छ’, उनले अगाडि भने, ‘लोकसेवा अयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन, फेल गर्दिए ।’ कार्यक्रममा देउवाले सरकार सुशासन कायम गराउन असफल भएको समेत बताए । निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको, दण्डहिनता र हिंसाका घटनाहरू बढ्दै गएको, भन्दै मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको आंैल्याए ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०५:१३

थुनुवा बोकेको भ्यान पल्टिंदा दुई थुनुवाको ज्यान गयो, प्रहरी चालकलाई कारबाही भएन