निताको ‘माया’ मा कोशिश !

साउन  १२ काठमाडौँ , बलाकलाकर हुदै नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री निता ढुंगानाले अन्तत चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन। ‘माया’ नामकरण गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा नितालाई नै देख्न सकिने छ भने उनका अपोजिटमा कोशिश क्षेत्री देखिने छन। बिशुद्ध प्रेम कथामा आधारित रहने चलचित्रको हाल स्क्रिप्ट लेखनको कार्य धमाधम भईरहेको छ। कोशिश कै कथा रहने चलचित्रमा संगीत पनि उनकै रहनेछ।

निता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माया’ भदौ दोस्रो सातादेखि फ्लोरमा जाने छ। चलचित्रमा निता र कोशिश बाहेक अन्य कलाकार एवम प्राबिधिक भने टुंगो नलागेको बताईएको छ।  चलचित्रको छायांकन सिक्किम लगायत अन्य रमणीय स्थानमा हुनेछ।

चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्दै छन। यस अघि ‘मम हन्टिंग’ नामक चलचित्रको निर्माण गर्ने घोषणा गरेकी नीताले अन्तत उक्त चलचित्रलाई थाती राख्दै ‘माया’ बनाउन लागेकी हुन्।

 

 

प्रकाशित : आइतबार, साउन १२, २०७६०६:०७

‘छल कपट’ निर्माण गर्दै धुर्मुस /सुन्तली !