नाग पंचमी नजिकिदै, यसरी गर्नुहोस कालसर्प दोष पूजा, मिल्नेछ विशेष लाभ!

हरेक वर्ष श्रावन मासको शुक्ल पक्षको पंचमी तिथिमा नाग पंचमी मनाइन्छ । यस पटक नाग पंचमी ५ अगस्ट, सोमबारको दिन परेको छ । ज्योतिषको अनुसार यस दिन बिधि-बिधानबाट काल सर्प दोष निवारणको पुजा गर्दा विशेष लाभ मिल्नेछ । यस दिन नाग नाग देवताको पुजा गर्ने चलन छ । भक्तजन यस दिन दुध वा लावा चढाएर सुख-समृद्धिको अशिर्वाद माग्छन् ।

के हो कालसर्प दोष ?

जब कुण्डलीमा राहु र केतुको बीच सबै ग्रह आउछ तब त्यसलाई काल सर्प योग भनिन्छ । यो १२ प्रकारको हुन्छ । कुण्डलीमा यो योग हुदा मानिसले आफुले गरेको अथक परिश्रमको फल पाउदैन । त्यसैले जुन मानिसको कुण्डलीमा यो दोष हुन्छ, उसले बिधि-बिधानबाट पुजा गरि दोष हटाउन सकिन्छ ।

नाग पंचमी पूजा विधि:
१. नाग पंचमीको दिन बिहान नुहाएर ढोकाको पुजा स्थानमा गोबरबाट नाग बनाउनुहोस्।
२. मनमा व्रतको सकंल्‍प लिनुहोस्।
३. नाग देवतालाई  आह्वान गरी नागलाई बस्नको लागि ठाउँ दिनुहोस।
४. फेरी  फिर जल, पुष्प र चन्दनको अर्घ दिनुहोस।
५. दूध, दहि, घिउ, मह र चिनीको पंचामृत बनाएर  नागको  प्रतिमालाई स्नान गराउनुहोस्।
६. यसपछि प्रतिमामा चन्दन र जल चढाउनुहोस् ।
७. लड्डु र मालपुवाको भोग लगाउनुहोस् ।
८.  सौभाग्य सूत्र, चन्दन, केसरी, सिन्दुर, बेलपत्र,  पुष्प माला, सौभाग्य सामना, धूप-दिप, ऋतु फल र पान का पत्ता चढाएर आरती गर्नुहोस।
९. भनिन्छ कि नाग देवताको सुगंध अति प्रिय हो। त्यसैले यस दिन नाग देवको  पूजा सुगंधित पुष्प र चन्दनले गर्नुहोस।

प्रकाशित : आइतबार, साउन १२, २०७६०७:१८

प्रेमको मामलामा अभागी हुन्छन् यी अक्षरबाट नाम शुरु हुनेहरु ! हेर्नुस् कतै तपाई त पर्नुभएन