काठमाडौँ साउन १२ , हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) कुन्जना घिमिरे (सुन्तली) ले चलचित्र निर्माण गर्ने भएका छन। दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको चलचित्र को ‘६ एकान ६’ र ‘वडा नम्बर ६’मा समेत निर्माताको रुपमा रहेका धुर्मुस सुन्तलीले अब आफै चलचित्र निर्माण गर्ने भएका छन्।
स्क्रिप्ट लेखनसंगै ‘एन्टी-भाइरस’ नामकरण गरिएको चलचित्रको अन्तत ज्योतिषले एस बाट नाम जुराउनु पर्ने सल्लाह दिए पछि ‘सेन्टी–भाइरस’ बनाउने निधो गरे तर उक्त नाम पनि परिवर्तन गरेर हाल चलचित्रको नाम दीपक दीपालाई फापेको ‘छ’ अक्षरबाट नै जुराईएको छ। ‘छल कपट’ नामकरण गरिएको चलचित्रलाई सफल निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दै छन्।
भदौ १३ गतेबाट रामबाबु गुरुङ निर्देशित चलचित्र कबड्डी को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन भए पश्चात ‘छल कपट ‘छायाँकनका लागि फ्लोरमा जाने बताईएको छ। धुर्मुस सुन्तलीको नै प्रमुख भूमिका रहने चलचित्रमा दयाहांग राइ चलचित्रमा अतिथि भूमिकामा देखिने रामबाबुले बताईएका छन्।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको अधिकांश चलचित्रमा दया लिड रोलमा नै देखिएको भएकाले यस चलचित्रमा पनि उनको अतिथि भूमिकामा स्वीकार्य नहुने अड्कल लगाईएको छ। त्यसैले धुर्मुस सुन्तलीको यस चलचित्रमा पनि दयालाइ सेन्ट्रल क्यारेक्टरको रुपमा चलचित्रमा ल्याउनका लागि रामबाबुले स्क्रिप्टमा कडा मेहेनत गरिरहेको स्रोतको दाबी रहेको छ।
कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रका लागि अन्य कलाकार तथा प्रविधिक भने फाइनल भईसकेका छैनन।