स्कूल विभाग पूर्वमाओवादीको भागमा परे छोड्दिन्छु , पूर्व एमालेलाई छोड्दिन : घनश्याम भुसाल

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कूल विभाग पूर्व एमालेको भागमा परे आफ्नो दावी कायमै रहने बताएका छन् ।

आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले स्कूल विभाग पूर्वमाओवादीको भागमा परे आफू छोड्न तयार रहेको बताउदै पूर्व एमालेमा आफू पहिलो दाबेदार रहने स्पष्ट परेका हुन् ।

“स्कुल विभाग पूर्व एमालेको भागमा आए मेरो दावी रहन्छ, तर सहमतिका क्रममा स्कुल विभागको नेतृत्व पूर्वमाओवादीको भागमा परेमा एकताका लागि त्यसलाई मैले स्वीकार गर्नुपर्छ।’, नेता भुसालले भने ।

पार्टीमा सो विभागको विषयमा सहमति हुन् नसकेपछि अध्यक्षद्वयले नै राख्ने भन्ने कुरामा आफ्नो सहमत नरहेको उनको भनाइ थियो । “स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु हुन्छ भने त्यो सबैभन्दा कमजोर सामधान हो, त्यसो हुनु हुँदैन”, उनले भने ।

उनले अब बस्ने  सचिवालय बैठकले सो विभागको टुंगो लगाउने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित : आइतबार, साउन १२, २०७६०८:४२

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका